
विगत १९ वर्ष देखि अष्ट्रेलियामा रहेका आदर्श जंग पाण्डेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै भने- अष्ट्रेलियामा कोही पढ्न जाने सोचिरहनु भएको छ भने पढ्न मात्रै नभइ स्किल माइग्रेसन भए सिधै पिआर पाइन्छ । साथै उनले एकपटक सेवा दिएर आफैलै अनुभव लिन पनि आग्रह गरेका छन् ।

त्यसैगरि सक्सेस एजुकेशन काठमाडौँका एमडी विजयराज रिजालले बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि अझ सेवा मिल्योस् भन्ने हेतुले पुतलीसडकबाट सेवा विस्तार गर्न लागेको बताए । साथै विगत ४ बर्षदेखि निरन्तर बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि हरेक क्षेत्रबाट सहयोग गर्दै आएर गर्दै जाने दृढ संकल्प गरेका छन् ।
सक्सेस एजुकेशनले अष्ट्रेलिया लगायत विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, स्किल माइग्रेसन लगायतका सेवा प्रदान गर्दै आएको छ।

संस्थाले विगत ८ वर्षदेखि विश्वसनीय र समर्पित सेवा प्रदान गर्दै हजारौं विद्यार्थीलाई सफलतापूर्वक विदेश अध्ययनको यात्रा तय गराउन सहयोग गरेको जनाएको छ। पुतलीसडकस्थित नयाँ स्थानमा सेवा विस्तारसँगै संस्थाले सेवा गुणस्तरलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।