बेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो
बेइजिङ । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा भएको आएको हो, जसमा म्युनमा २८ र याङ्किङमा दुई जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।
सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै बेइजिङमा सोमबार मध्यरातसम्मको भारी वर्षाको पछिल्लो चरणमा ३० जनाको मृत्यु भएको जनाएको हो।
बेइजिङले यसका उत्तरी जिल्लाहरूमा ५४३ एमएम (२१.३ इन्च) सम्मको वर्षा रेकर्ड गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ । साताको अन्त्यमा सुरु भएको मुसलधारे वर्षाले सोमबार चिनियाँ राजधानी र वरपरका प्रान्तहरूमा बढी प्रभावित भएको छ ।
बेइजिङका अधिकारीहरूले बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट ८० हजार भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ भने जसले दर्जनौं सडकमा क्षति पुर्याएको छ र कम्तीमा १३६ गाउँहरूमा बिजुली काटिएको राष्ट्रिय प्रसारक सिसिटिभीले रिपोर्ट गरेको छ।
बेइजिङमा मंगलबार बिहान सबभन्दा भारी वर्षा हुने अनुमान गरिएको छ, केही क्षेत्रहरूमा ११.८ इन्चसम्मको वर्षाको पूर्वानुमान गरिएको छ। अधिकारीहरूले बेइजिङको ग्रामीण मियुन जिल्लामा रहेको जलाशयबाट पानी छोड्न आदेश दिएका छन्, जुन १९५९ मा निर्माण भए देखि यसको उच्चतम स्तरमा देखिएको हो ।
रिपोर्टहरूका अनुसार स्थानीयहरूलाई नदीको सतह बढ्दै गएपछि र थप भारी वर्षाको पूर्वानुमान गरिएकोले नदीहरूबाट सुरक्षित रूपमा टाढा रहन सुचना जारी गरेको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

