नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने
काठमाडौं । नाडा अटो शो २०२५ यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शो को उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलले गर्नेछन् ।
‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एकै छानामुनि ल्याउनेछ। प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ।

प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स, अत्याधुनिक चारपांग्रे रोबोटहरू र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन्। साथै, भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, माज्दा फेमिलिया, टोयोटा एमआर २ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शन गरिनेछ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोमा यो वर्ष आधुनिक उपकरण देख्न पाइने भएको छ। नाडाले मंगलबार नाडा अटो शो २०२५ बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, र ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ।

सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

