फोटोन टोटल केयरद्वारा मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै
काठमाडौं । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको बताएको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन्।
मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् भन्नका लागि मेगा मनसुन सर्भिस क्याम्पमार्फत सवारी धनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ ।
मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण भनेको फोटोन सवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच हो। यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्याउँछ, किनभने यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ।
यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ।
त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवा पनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्याउँछ।
साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५५ छुट पनि उपलब्ध छ। ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्नेछन् र अकस्मात बिग्रने सम्भावना घटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउँछ।
यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ गर्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
