प्रभु बैंकको नाफामा ९६५प्रतिशत वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ९६५.४१ प्रतिशत वृद्धि गर्दै ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा बैंकले ५१ करोड ८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो।
अघिल्लो वर्ष ११ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो आम्दानी गत वर्ष ३९.४७ प्रतिशतले घटेर ७ अर्ब १९ करोड रुपैयाँमा झरेको छ। कुल आम्दानी पनि १४ अर्ब ५३ करोड रुपैयाँबाट २७.२८ प्रतिशतले घट्दै १० अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।
आम्दानीमा गिरावट भए पनि सञ्चालन नाफा ३ अर्ब १५ करोड रुपैयाँबाट दोब्बर वृद्धि हुँदै ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको २.१७ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ कायम भएको छ। खराब कर्जा ४.९६ प्रतिशतमै स्थिर छ।
चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा १३ अर्ब ५५ करोड रुपैयाँ छ। अघिल्लो वर्ष ३ अर्ब २ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष १ अर्ब ४ करोड रुपैयाँ धनात्मकमा पुगेको छ। बैंकले २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
सम्बन्धित समाचार
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

