खाली पेटमा सौंफको पानी पिउनुहोस्, दिनभर चंगा रहनुहोस्
काठमाडौं । आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ।
यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ।
पाचन प्रकियामा प्रभावकारी
पेटको ग्याँस, ब्लोटिंग, एसिडिटी र कब्जियतजस्ता समस्यालाई हटाउन सौंफले फाइदा गर्छ। बिहान खाएपछि चपाएर वा यसको पानी पिउनाले पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरलाई डिटक्सिफिकेसन बनाउँछ।
महिलाहरुको लागी लाभदायक
महिलाको स्वास्थ्यका लागि पनि सौंफ लाभदायक हुन्छ । यसले स्तनको दूध बढाउन, महिनावारीको दुखाइ कम गर्न र हार्मोन सन्तुलन कायम राख्न मद्दत गर्छ। आयुर्वेदमा यसलाई त्रिदोषिक जडिबुटी भनिन्छ, जुन शरीर र मानसिक स्वास्थ्य दुवैको लागि राम्रो हुन्छ।
तौल घटाउनमा सहयोगी
आयुर्वेदका अनुसार, सौंफले मेटाबोलिज्मलाई गति दिन्छ, भोक नियन्त्रण गर्छ र पेट फुल्ने समस्यालाई कम गर्छ।
आधुनिक विज्ञानको दृष्टिकोण
वैज्ञानिक अध्ययनका अनुसार सौंफमा पाइने एन्टिअक्सिडेन्टले शरीरको अक्सिडेटिभ तनावलाई कम गर्छ, जसले गर्दा कोशिकाहरूलाई हुने क्षतिलाई रोक्छ। यसले मधुमेह, मुटु रोग र क्यान्सरजस्ता रोगको जोखिम पनि कम गर्छ। यसको अतिरिक्त यो इर्रेगुलर बाउल सिंड्रोमबाट राहत प्रदान गर्न पनि उपयोगी छ।
सौफको पानी बनाउने सजिलो तरिकाः
- राती एक वा दुई चम्चा सौंफ पानीमा भिजाएर बिहान पिउनुहोस् ।
- सौंफलाई हल्का पिस्नुहोस् र दुई कप पानीमा उमाल्नु होस् र जब आधा घट्यो, छान्नुहोस् र तातो पिउनुहोस्।
बिहान खाली पेटमा सौंफको पानी पिउनु सबैभन्दा लाभदायक मानिन्छ किनकि यसले हाइड्रेशन बढाउँछ, पाचन आगोलाई तीव्र बनाउँछ र विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ।
सावधानीः
गर्भावस्था, हर्मोनल असन्तुलन, एपिलेप्सी र रगत पातलो पार्ने औषधिको साथसाथै केही अवस्थाहरूमा सौंफको सेवन सावधानीपूर्वक गर्नुपर्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह आवश्यक छ। सौफ र अजवाइन मिसाएर खाँदा पनि धेरै स्वास्थ्य लाभ हुन्छ ।
सम्बन्धित समाचार
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
