प्राकृितक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ देखि हुन लागेको नाडा अटो शोमा शोकेस गरिने फ्लाइङ कार र रोबोट काठमाडौं आइपुगेको बताइएको छ। सबै अवरोध, चुनौती र प्राकृतिक विपद्पार गर्दै असम्भवलाई सम्भव बनाइ फ्लाइङ कार र रोबोट काठमाडौं आइपुगेको नाडाले जनाएको छ।
तातोपानी क्षेत्रमा देखिएका प्राकृितक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै नाडा अटामोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत दिपलको फ्लाइङ कार र अत्याधुनिक युनिट्री रोबोट आइपुगेको उल्लेख गरेको छ। यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ माफर्त दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन्।
‘१७औँ संस्करणको नाडा अटो शो कवेल एउटा प्रदशर्नी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो,’ नाडाले विज्ञप्तिमा भनेको छ, ‘यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ।’
२०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१९-२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने प्रदर्शनीमा सहभागी भई यो ऐतिहासिक क्षणका साक्षी बन्न नाडाले आह्वान गरेको छ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

