२०२५ भित्र एक्सपेङ ६० देशमा विस्तार : नेपालको विद्युतीय सवारी बजारमा ल्याउँदै विश्वस्तरीय मापदण्ड
काठमाडौं । विश्वव्यापी ईभी (EV)नवप्रवर्तक एक्सपेङले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई अझ गति दिँदै यस वर्षकै अन्त्यसम्म ६० देशमा आफ्नो उपस्थिति पुर्याउने र ३०० भन्दा बढी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य अघि सारेको जनाएको छ।
यो महत्वाकांक्षी योजनाले एक्सपेङको मूल दृष्टिकोण–‘विश्वभर प्रिमियम विद्युतीय मोबिलिटी सहज रूपमा उपलब्ध गराउने’–लाई अझ मजबुत ढंगले प्रस्तुत गर्दछ, जहाँ नेपाललाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ।
सन् २०१४ मा स्थापना भएको एक्सपेङले अत्याधुनिक प्रविधि, तीव्र चार्जिङ सुविधा र स्मार्ट ड्राइभिङ प्रणालीका कारण छोटो समयमा नै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका सीईओ हे सिआओपेंगले हालै दिएको वक्तव्यमा, सन् २०३३ सम्म कम्पनीको कुल बिक्रीमध्ये आधा हिस्सा अन्तर्राष्ट्रिय बजारबाट हुने प्रक्षेपण गर्दै, “आगामी स्मार्ट मोबिलिटी युगको नेतृत्व गर्ने एक्सपेङको महत्वाकांक्षा प्रष्ट पारे।
नेपालका लागि यो विस्तारले विश्वसनीय सेवा, छिटो प्रविधि अपडेट, र युरोप तथा एशियामा उपलब्ध समानस्तरको विश्वस्तरीय ईभी अनुभव ल्याउनेछ।
एक्सपेङ जी६ जस्ता मोडेलहरूले नेपाली बजारमा डिजाइन र प्रदर्शनको नयाँ मानक स्थापित गरिसकेका छन्, जसले नेपाली उपभोक्तालाई विश्वव्यापी प्रविधि र गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडेका छन्।
संसारभर विद्युतीय यातायाततर्फको यात्रामा, एक्सपेङको बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिले कम्पनीलाई मात्र सफलताको शिखरमा पुर्याउने छैन, यसले नेपालकै विद्युतीय मोबिलिटी यात्रामा पनि महत्वपूर्ण टेवा पुर्याउने बताइएको छ।
सम्बन्धित समाचार
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
