ठमेलमा ‘एक्स ओ क्लब’ सञ्चालनमा
काठमाडौं । काठमाडौंको ठमेलमा ‘एक्स ओ क्लब’ सञ्चालनमा आएको छ। करिब ३० करोड रुपैयाँको लगानीमा बनेको यो क्लबलाई नेपालकै नाइट लाइफ क्षेत्रमा नयाँ अध्यायको रूपमा लिइएको कम्पनीको दाबी छ ।
क्लबमा नेपालमै पहिलोपटक एड्म्सन ब्रान्डको साउण्ड सिस्टम जडान गरिएको छ, जुन क्यानडाली अडियो इन्जिनियर कार्लोस सालाबेरी ले ट्युन गरेका हुन्।
अत्याधुनिक लाइटिङ, साउण्डप्रुफिङ र प्रविधिमार्फत यहाँ आउने संगीतप्रेमीलाई पूर्णतया डुबाउने अनुभव दिने उद्देश्य राखिएको क्लब व्यवस्थापनले जनाएको छ ।
एक्स ओ क्लबको प्राविधिक पक्षसँगै यसको सञ्चालनमा संलग्न टोली पनि उच्च स्तरको रहेको बताइएको छ । क्लबको नेतृत्व टिम एक्सएलका संस्थापक शशिन्द्र चित्रकारले गरेका छन् भने, प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा ख्यातिप्राप्त अडियो इन्जिनियर विनय अमात्य प्राविधिक पक्षमा संलग्न छन्।
करीब १०० जनाको टोलीको मेहनतमा निर्माण भएको यस क्लबलाई नेपाल मात्र नभई दक्षिण एशियाकै उत्कृष्ट नाइट क्लब बनाउने लक्ष्य राखिएको व्यवस्थापनको दाबी छ। साथै, क्लबलाई संगीतप्रेमीहरूको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको छ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
