दशैं तिहारको ठूलो हर्ष, क्रम्प्टनको आकर्षक उपहार
काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स वितरक सीजी इलेक्ट्रोनिक्सले यस वर्षको महान् चाडपर्व दशैं–तिहारलाई लक्षित गर्दै ‘क्रम्प्टन दशैं–तिहारको ठूलो हर्ष’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत क्रम्प्टनका उत्पादनहरू खरिद गर्ने उपभोक्ताहरूले आकर्षक उपहार तथा भाग्यशाली पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन्।
योजनाका प्रमुख आकर्षणहरू : बम्पर लकी ड्र ४८२ लिटरको रेफ्रिजेरेटर, मासिक लकी ड्र १०० सिरिजको ८ किलोको वाशिङ मेसिन, साप्ताहिक लकी ड्र क्रम्प्टन मिक्सर ग्राइन्डर
थप सुविधाहरू : सजिलो सुविधा निःशुल्क डेलिभरी, निःशुल्क जडान सेवा इन्स्टलेशन, उत्पादनअनुसार ६० महिनासम्मको वारेन्टी
कम्पनीका अनुसार सामान खरिद पश्चात् क्युआर कोर्ड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सकिने छ ।
क्रम्प्टन भारतको सबैभन्दा विश्वासिलो ब्रान्डहरूमध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि फ्यान, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका गुणस्तरीय होम अप्लायन्स उत्पादन तथा बिक्री गर्दै आएको जनाइएको छ।
सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर ड्युराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्रान्डहरूलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको बताइएको छ।
यस चाडपर्व, क्रम्प्टन र सीजी इलेक्ट्रोनिक्स सँगै नेपाली घर घरमा खुशी, सहजता र उत्कृष्टता पुर्याउने लक्ष्य लिएको जनाइएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

