Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

बडादशैं २०८२ का मुख्य साइत सार्वजनिक, टीकाको उत्तम समय असोज १६ गते बिहान ११:५३ बजे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, १
बडादशैं २०८२ का मुख्य साइत सार्वजनिक, टीकाको उत्तम समय असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैं २०८२ का प्रमुख साइतहरू सार्वजनिक गरेको छ। समितिका अनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे रहेको छ। त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत तोकिएको छ।

टीका लगाउँदा परम्परागत रूपमा पूर्व दिशातर्फ फर्कनुपर्ने भएकाले यस वर्ष पनि सोही अनुसार टीका लगाउन समितिले सल्लाह दिएको छ। दुर्गा पक्ष अर्थात् बडादशैं असोज ६ गते सोमबारदेखि सुरु हुने समितिले जनाएको छ। घटस्थापना असोज ६ गते बिहान ९ः१३ मा गर्न उत्तम हुने बताइएको छ।

यसैगरी, असोज ११ गते शनिबार श्रीपचलीभैरवको यात्रा आयोजना हुनेछ। असोज १३ गते सोमबार बिहान ७ः१७ बजे फूलपाती भित्र्याइनेछ र श्री तुलजाभवानी यात्रा गरिनेछ।

Top Changing Nepal

युट्युब सट्स