असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने
ललितपुर । आउँदै गरेको शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ यहीँ असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए । पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनले जनाएको छ । त्यस्तै, उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, सूचनामुलक ३ वटा, प्रतिस्पर्धा स्टल १ र सेल्फी स्टल १ सहित गरी जम्मा ८५ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।
नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण हुने छन् । साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिनेसम्म हुने उक्त गोदावरी फूलको प्रदर्शनी बिहान ०९:०० बजेदेखि साँझ ०५:३० बजेसम्म संचालन हुने छ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड २० लाखभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ ।
विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ( मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी / फर्मलाई शिल्ड, नगद तथा प्रमाण – पत्रद्दारा पुरस्कृत गरिने छ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी / फर्मलाई पुरस्कृत गरिने छ । साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ । आयोजकको अनुसार सबै स्टल बुक भइसकेको छ ।
प्रदर्शनी स्थलमा स्टल सजावट कार्य २०८२ असोज २८ गते, बिहान ०८:०० बजेदेखि खुल्ला हुने छ । प्रदर्शनी उद्घाटन २०८२ असोज २९ गते हुने छ, भने प्रदर्शनी समापन २०८२ कार्तिक २ गते, साँझ ०५:०० बजे हुने एशोसिएसनले जनाएको छ । पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउन प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।
हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ताहरु बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने श्रेष्ठले बताए । त्यसैगरी, उक्त प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १ सय रुपैयाँ, सर्वसाधारणहरुको लागि १ सय ५० रुपैयाँ तोकिएको र जेष्ठ नागरिकहरु ( नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु पर्ने ) को लागि चाँहि नि:शुल्क प्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँ जानकारी दिए । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा शुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरुलगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
