मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
जानकारी केन्द्र
२०८२, आश्विन, ३०
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकको आगामी कात्तिक १५ गतेका लागि तय गरिएको वार्षिक साधारणसभा (एजीएम) प्रयोजनका लागि असोज ३१ गते बुकक्लोज गरिने भएकाले आजसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।
बैंकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरूलाई १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कात्तिक १५ गते हुने साधारणसभामा बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव, प्रबन्धपत्र तथा नियमावली संशोधन, मर्जर वा एक्विजिशनका लागि सम्भावित बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ लेखापरीक्षक नियुक्त गर्नेजस्ता प्रस्तावहरू पेश गरिने जनाइएको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


