बिराटनगर किंग्सका खेलाडीहरू हाइ-पर्फर्मेंन्स ट्रेनिंगका लागि मुम्बई प्रस्थान
काठमाडौँ । बिराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइ-पर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्रराष्ट्रिय स्तरको सुविधा भएको Omtex ICWC Cricket Institute मा पठाएको बताइएको छ। मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ। प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको जनाइएको छ।
मुम्बईको Omtex ICWC Cricket Institute अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षण कार्यक्रमका लागि परिचित छ। खेलाडीहरूलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्ने छन्। यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक कुराहरू बुझ्न मद्दत गर्ने बताइएको छ।
टोलीले फ्लड-लाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ। यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्याउने अपेक्षा गरिएको बिराटनगर किंग्स बताएको छ।
बिराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठूलो लगानीको रुपमा हेरेको छ। व्यवस्थापनको विश्वास छ कि यस्ता अवसरहरूले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमको प्रतिस्पर्धी क्षमता पनि बढाउनेछ र टोली अझ सक्षम र आत्मविश्वासी बनेर फर्किने र गौरवका साथ बिराटनगर किंग्सको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
