अक्टोबर महिनामा ७० हजार युनिट सवारी बिक्री गर्दै लिपमोटर चिनियाँ एनईभी स्टार्टअप बिक्रीको शीर्ष स्थानमा
काठमाडौं । अक्टोबर महिनामा ७०,०००ं युनिट सवारी बिक्री गर्दै लिपमोटर चिनियाँ एनईभी स्टार्टअप बिक्रीको शीर्ष स्थानमा रहेको बताइएको छ ।
लिपमोटरले पहिलो पटक मासिक बिक्री ७० हजार युनिट कटाएर नयाँ रेकर्ड समेत बनाएको जनाइएको छ । कम्पनिका अनुसार, अक्टोबर महिनामा ७० हजार २८९ युनिट एनईभी बिक्री भएका छन् । जुन गत वर्षको सोहि अवधीको तुलनामा ८४ प्रतिशतले बढि हो । विगत ८ महिना यता लिपमोटर चिनियाँ एनईभीको बिक्रीमा निरन्तर अगाडी रहँदै आएको छ।
जसले लिपमोटरलाई चीनको अग्रणी नयाँ ऊर्जा सवारी (एनईभी) स्टार्टअपको रूपमा अझ सुदृढ बनाएको बताइएको छ। यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री प्रदर्शनलाई पछ्याएकोछ। यो रेकर्डले लीपमोटरको नवप्रवर्तन, गुणस्तर र दिगो गतिशीलताप्रति प्रतिबद्धतालाई झल्काउँछ।
कम्पनिका अनुसार, लिपमोटरले नेपाल सहित विश्वव्यापी बजारहरूमा उन्नत र उच्च-प्रदर्शका विद्युतीय सवारी साधनहरू निरन्तर उपलब्ध गराउँदै आइरहेको छ। यसले दिगो गतिशीलताका दिशामा विश्वव्यापी परिवर्तनलाई सहयोग पुर्याउँदै विद्युतीय यातायातको भविष्यलाई अगाडि बढाइरहेको जनाइएको छ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

