सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’
काठमाडौं । आयन र एक्स्पेङ का आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टरको भव्य उद्घाटन गरेको छ। यो नयाँ केन्द्र पुरानो सीजी मोटर्स शोरुम सँगै मुख्य सडकबाट करिब २० मिटर भित्र अवस्थित छ।
नयाँ एक्स्पेरिएन्स सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङका आकर्षक ईभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल यहाँ आयन वाई, आयन भी र एक्स्पेङ जी६ प्रदर्शनमा रहेका छन् ।
आयन वाई र आयन भी लक्जरी मोडेलहरू क्रमशः ५८ लाख ५० हजार र ६९ लाख ९० हजार रुपैयाँमा उपलब्ध छन् । आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरूका कारण यी मोडेलहरू लोकप्रिय बन्दै गएका छन् ।आयन भी लक्जरीमा ७५.३ किलोवाट आवरको म्यागजिन ब्याट्री रहेको छ जसले ६५० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसमा आफ्नो सेग्मेन्टमा पहिलो पटक उपलब्ध ८–प्वाइन्ट मसाज सिट र इन–बिल्ट फ्रिज तथा वार्मर जस्ता विलासी सुविधाहरू छन् ।
आयन वाइमा १०० किलोवाट मोटर रहेको छ जसले अधिकतम २२५ एनएम टर्क प्रदान गर्छ। यसमा प्रयोग गरिएको लिथियम आयरन फस्फेट ब्याट्री को क्षमता ६१.४ किलोवाट आवर रहेको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्छ।
८४ लाख ९९ हजार मूल्य रहेको एक्स्पेङ जी६ भने प्रिमियम सेग्मेन्टको एसयुभी हो । यसमा ४४० एनएम टर्क, अटो पायलट फिचरहरू, ५–स्टार युरो एनक्याप सुरक्षा रेटिङ, १९० किलोवाट मोटर पावर, एसईपिए २.० स्ट्रक्चर र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन् ।
ग्राहकहरूले मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ बुक गरेर अत्याधुनिक प्रविधिको अनुभव लिन, साथै सोही स्थानमा बुकिङ र तत्काल डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन्। त्यसमाथी आगन्तुकहरूले विशेष अफरहरू, आकर्षक उपहार र सीजी मोटर्सका ईभी विज्ञहरुबाट व्यक्तिगत परामर्श सेवा पनि लिन सक्नेछन्।
कम्पनीका अनुसार, यस एक्स्पेरिएन्स सेन्टरको उद्घाटनले सीजी मोटर्सको ग्राहक सेवा प्रतिको अठोटलाई जनाएको छ। विस्तार हुँदै गएका सुविधाहरू र समर्पित सेवा प्रणालीसहित, सीजी मोटर्सले सबै ग्राहकहरूलाई भविष्यमुखी ईभीको प्रत्यक्ष अनुभव लिन एक्स्पेरिएन्स सेन्टरको भ्रमण गर्न आवहान समेत गरिएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
