एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान
काठमाडौं । भविष्यको गतिशीलता (Future Mobility_ लाई नयाँ परिभाषा दिँदै, एक्सपेङको फ्लाइङ कार डिभिजन एक्सपेङ AEROHT ले आफ्नो क्रान्तिकारी ‘Land Aircraft Carrier’ का ६०० अर्डर मध्यपूर्व बजारमा प्राप्त गरेको बताइएको छ। यो उपलब्धि स्मार्ट र दिगो यातायात प्रविधिको यात्रामा एक ऐतिहासिक माइलस्टोनका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, यो घोषणा कम्पनीले दुबईमा आयोजना गरेको International Appreciation Event मा गरेको थियो, जहाँ ‘Land Aircraft Carrier को पहिलो सार्वजनिक मानवीय उडान प्रदर्शन गरिएको थियो। यस प्रदर्शनले एक्सपेङलाई विश्वव्यापी स्तरमा भविष्यको गतिशीलता क्षेत्रको अग्रणी नवप्रवर्तकको रूपमा स्थापित गरेको बताइएको छ।
हाल एक्सपेङका विश्वभरका अर्डरहरू ७,००० युनिट नाघिसकेका छन्, जसले कम्पनीको अत्याधुनिक प्रविधि र दूरदर्शी दृष्टिकोणप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वासलाई प्रतिबिम्बित गर्छ।
उक्त कार्यक्रममा, एक्सपेङले आफ्नो नयाँ विश्वव्यापी ब्रान्ड ARIDGE सार्वजनिक गर्दै,ग्वाङ्जाउमा अत्याधुनिक फ्लाइङ कार उत्पादन प्लान्ट सम्पन्न भएको घोषणा पनि गर्यो जसले २०२६ देखि व्यावसायिक उत्पादनको बाटो खुला गर्नेछ।
एक्सपेङले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा, यो उपलब्धिले कम्पनीको नवप्रवर्तन, भरपर्दोपन र इन्टेलिजेन्ट डिजाइनप्रतिको समर्पणलाई विश्वभर देखाएको जनाएको छ । जसमा नेपाल पनि महत्वपूर्ण हिस्सा बन्दै गएको बताइएको छ।
नेपालमा पनि एक्सपेङले आफ्नो प्रिमियम इलेक्ट्रिक सवारी साधनहरू जस्तै एक्सपेङ६ मार्फत नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाइएको छ।
सम्बन्धित समाचार
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
