• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० फागुन २०८२, आइतबार
१० फागुन २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा

हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

हरेक उकालोमा आत्मविश्वास :  अरूभन्दा किन फरक छ कायलाक अटोमेटिक

जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध

मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर

ह्वातै बढ्यो सुनचाँदीको मुल्य

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

  • ४. २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ८. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

  • ९. नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला

  • १०. २०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

काठमाडौं ।  ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड २०२५ का पाँच विजेतामध्ये बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी पर्न सफल भएको छ ।

यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । नेपाली साझेदारहरुको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूूडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए। ।

यस साझेदारीमा बेलायतका चार वटा संस्था तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सहित नेपालका सार्वजनिक र निजी क्षेत्रका संस्थाहरु संलग्न छन् ।

ब्रिटिस काउन्सिलको सहयोगमा बेलायत–नेपाल साझेदारीले सबल सार्वजनिक–निजी साझेदारीको व्यवस्थित अवधारणा लागूू गर्दै नेपालमा हरित सीप (ग्रिन स्किल) को क्षेत्रमा देखा परेका कमीहरुलाई सम्वोधन गर्न सम्वन्धित निकायलाई सहयोग गरिरहेको छ ।

सार्वजनिक र निजी क्षेत्रका विभिन्न सरोकारवालालाई समेटेर यस साझेदारीले नेपालमा हरित सीपसम्बन्धी सल्लाहकार बोर्ड (ग्रिन स्किल एड्भाइजरी बोर्ड) स्थापनाका लागि नेपाल सरकारलाई सहयोग गरेको छ ।

यस बोर्डले थप समयानुुकूूल र दीगो शिक्षाका साथै रोजगारीका लागि समावेशी मार्ग निर्माण गर्ने लक्ष्यसहित हरित सीपको क्षेत्रमा काम गरिरहेको छ । बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिटिइभिटी, एफएनसीसीआइ, नेपाल उद्योग परिसंघ (सिएनआइ) र नेपाल निर्माण व्यवसायी महासंघ (एफसिएएन) को प्रतिनिधित्व छ ।

अवार्ड जित्न सफल ५ वटा परियोजनाले आफ्नो तर्फबाट दीगो विकास लक्ष्यहरुमध्ये समावेशी शिक्षासम्बन्धी एक लक्ष्यका लागि दीर्घकालिन योगदान गर्न सक्ने विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए । अवार्ड विजेता अन्य साझेदारी पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाका थिए ।

अवार्ड समारोहपछि बोल्दै सचिव पौडेलले भने–“यो अवार्डले बेलायत र नेपालका विभिन्न संस्थाबीचको उत्कृष्ट साझेदारीलाई सम्मान गरेको छ, साझेदारीमार्फत सञ्चालित ग्रिन स्किल एड्भाइजरी बोर्डले नेपालमा अत्यावश्यक हरित सीप विकासका लाथि निकै महत्वपूर्ण योगदान गर्ने आशा मैले लिएको छु ।”

सो अवसरमा बोल्दै ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक (कन्ट्री डाइरेक्टर) रुस्तम मोदीले भने –“यो विश्वव्यापी अवार्डबाट बेलायत–नेपाल साझेदारी सम्मानित हुँदा हामी निकै हर्षित छौं, नेपालमा हरित सीपको मुुद्धा सम्वोधनमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यबाट हामीले यो उपलव्धि हासिल गरेका हौं, यस साझेदारीमार्फत हामी थप दीगो, समावेशी र भविष्यका लागि भरपर्दो जनशक्ति निर्माण गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा सहयोग गर्न पाउँदा गर्व महसुुस गर्दछौं ।”

ब्रिटिस काउन्सिलका डेपुुटी चिफ एक्जिक्युुटिभ केट इवार्ट बिग्सले अवार्ड हस्तान्तरणगरेका थिए भने ब्रिटिस काउन्सिलकी शिक्षासम्बन्धी ग्लोवल डाइरेक्टर मडलिन एनसलले माथि उल्लेखित परियोजनाहरुले शिक्षा क्षेत्र र दीगो विकासमा पार्ने महत्वपूर्ण प्रभावबारे धारणा राखेकी थिइन्।

गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रम (Going Global Partnerships programme) बारे
ब्रिटिस काउन्सिलबाट अनुुदान प्राप्त गोइङ ग्लोवल पार्टनरसीपले लाभदायी रुपमा पारस्परिक अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्ने तथा सबल, समतामूलक, समावेशी, अन्तर्राष्ट्रिय रुपमा विस्तारित उच्च शिक्षा, विज्ञान र प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि आपसी सहकार्य गर्ने अवसर विश्वविद्यालय, कलेजका साथै उच्च शिक्षा र अनुुसन्धानसम्बन्धी निकायलाई प्रदान गरेको बताइएको छ। साथै, यसले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी रणनीति र दिगो विकास लक्ष्यको कार्यान्वयनमा समेत सहयोग गरेको छ ।

कार्यक्रम शुरु भएयता ब्रिटिश काउन्सिलले बेलायतका उच्च शिक्षासम्बन्धी १ सय ५५ वटा संस्थाहरुबीच ९ सय ३२ वटा साझेदारीका लागि आर्थिक सहयोग प्रदान गरेको छ भने ६१ वटा देशमा अनुसन्धान, अन्तरदेशीय शिक्षा, क्षमता विकास र समावेशीकरणमा निर्माण र समावेशीकरणमा केन्द्रित झन्डै एक हजार साझेदारसँग सहकार्य गरेको छ ।

गोइङ ग्लोबल पार्टनरसीप अवार्ड (Going Global Partnerships Awards) बारे
ब्रिटिस काउन्सिलको गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रमको पाँचौं वर्षगाँठ मनाउने क्रममा गोइङ ग्लोवल पार्टनरसीप अवार्डबाट संस्थाको सहयोगमा सञ्चालित प्रभावकारी, विशिष्ट र प्रेरणादायी परियोजनालाई सम्मान गरिएको छ ।

यस अवार्डका लागि १३ मे देखि ८ जूनसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । जसमा गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रममार्फत आर्थिक सहयोग प्राप्त गरेका संस्थागत साझेदारीले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । कूल १ सय ५ वटा आवेदन परेको थियो र वृहत्त मूूल्यांकन प्रक्रिया पुरा गरी उत्कृष्ट पाँच परियोजना छनोट गरिएको हो ।

ब्रिटिस काउन्सिलबारे
ब्रिटिस काउन्सिल साँस्कृतिक सम्वन्ध र शैक्षिक अवसरका लागि क्रियाशील संयुक्त अधिराज्य (युके) को अन्तराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक–अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि सहयोग गर्दछ ।

ब्रिटिस काउन्सिलका अनुसार,उक्त कार्य हामीले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी हाम्रा विभिन्न परियोजना र कार्यक्रममार्फत गर्नुका साथै २ सय भन्दा बढी मुलुुक र भूूभागका नागरिकसँग काम गर्छौं भने १ सय भन्दा बढी देशमा हामीले कार्यालय नै सञ्चालन गरेका छौं । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल ५९९ मिलियन व्यक्तिसमक्ष पुुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा
हरेक उकालोमा आत्मविश्वास :  अरूभन्दा किन फरक छ कायलाक अटोमेटिक

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

ताजा

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा

हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
  • ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
  • काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा
  • हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह
  • हरेक उकालोमा आत्मविश्वास :  अरूभन्दा किन फरक छ कायलाक अटोमेटिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.