हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु, शव शिक्षण अस्पताल ल्याइयो
गोरखा, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरेको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव सङ्कलन गरी हेलिकप्टरद्वारा काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।
प्राधिकरणका अनुसार आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो ।
सबैको शव शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ । त्रिभुवन विमानस्थलका निमित्त महाप्रवन्धक सुधीरकुमार चौधरीका अनुसार ५ बजेर १५ मिनेटमा फिस्टेलकै अर्को हेलिकप्टरबाट सबै शव पोष्टमार्टमकालागी ल्याइएको हो ।
सुत्केरी महिलाको उद्धारका लागी त्यहाँ गएको यो हेलिकप्टरले १२ बजेर ३१ मिनेटमा टावरसँग अन्तिम संवाद गरेको थियो । अन्तिम सम्पर्क टुटेको करिब १ घन्टापछी काठमाडौंबाट गएको फिस्टेलकै हेलिकप्टरले दुर्घटनास्थल पहिचान गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी दिएको त्यहाँको खोज तथा उद्धार केन्द्रले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

