आज एनपीएलमा दुई खेल हुँदै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ।
दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। चारै टोली प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन्। पहिलो खेलमा चितवनको कप्तानी कुशल मल्लले सम्हाल्नेछन् भने कर्णाली याक्सलाई सोमपाल कामीले नेतृत्व गर्नेछन्। त्यसैगरी, विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गर्नेछ भने पोखरा एभेन्जर्सलाई कुशल भुर्तेलले नेतृत्व गर्नेछन्।
गत संस्करणमा चितवन र कर्णाली याक्सबीच भएको दुवै खेलमा कर्णालीले जित निकालेको थियो। यस्तै, विराटनगर र पोखराबीच गत संस्करणमा भएको एकमात्र भिडन्तमा पोखरा एभेन्जर्स विजयी भएको थियो। सो खेलमा पोखराका रेमन रेइफर नायक बनेका थिए, र उनी यस संस्करणमा पनि पोखराकै टोलीबाट खेलिरहेका छन्।
यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले विजयी सुरुआत गरिसकेको छ। सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक थपेको छ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
