‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल : अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ
काठमाडौँ । नेपाली सिने क्षेत्रको उल्लेखनीय प्रस्तुति मानिएको फिल्म ‘परान’ विश्वका धेरै देशहरुमा अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको बताइएको छ। यो फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा मात्र ६० लाख नेरु भन्दा बढी कमाउन सफल भएको जनाइएको छ।
अष्ट्रेलियाली वितरण व्यवस्थापनका अनुसार अहिले अष्ट्रेलिया प्रतिष्ठित मल्टिप्लेक्सहरूमा दैनिक रूपमा प्रदर्शन भइरहेको छ। अष्ट्रेलियाका विभिन्न राज्य NSW, Victoria, ACT, Tasmania, Adelaide, Perth, Queensland र Darwin का धेरैजसो हलहरूमा ‘परान’ को शो जारी रहेको बताइएको छ।
अष्ट्रेलियामा दर्शकहरूको उत्साह निरन्तर बढिरहेको बताउँदै आयोजक Namaste Entertainment Australia ले इच्छुक दर्शकहरूलाई हलको समयतालिका हेरी समयमा नै टिकट बुक गर्न आग्रह गरेको छ। ‘परान’ विश्वका विभिन्न मुलुकमा पनि अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको जनाइएको छ। उत्कृष्ट कथावस्तु, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकमाझ फिल्मले अपूर्व सकारात्मक प्रतिक्रिया बटुलेको छ।
‘परान’ अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि वर्षकै सफल नेपाली फिल्महरू मध्ये एकका रूपमा स्थापित बन्दै गएको छ। अहिलेसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, माल्टा, पोर्चुगल, फिनल्यान्ड र बेलायतमा दर्शकहरूको उत्साह, समर्थन र भरपूर प्रेमका कारण अतिरिक्त शो थप्ने मागसमेत बढ्दो रहेको वितरक 7Seas Cinema ले जनाएको छ।
फिल्मका लेखक तथा निर्देशक दीपक प्रसाद आचार्यले अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त समर्थनले हर्षित भएको बताउँदै सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।
सम्बन्धित समाचार
ब्ल्याकंडेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

