बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सको राष्ट्रिय मेगा सर्भिस क्याम्प सुरु : ग्राहकहरूलाई विशेष छुट
काठमाडौं । बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले EICHER ग्राहकहरूका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गर्ने भएको छ ।
यो क्याम्प मंसिर १७ देखि मंसिर २९ सम्म सञ्चालन हुनेछ । यस पहलको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ । क्याम्पमा आकर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइने छ ।
नेपालभरका सबै Eicher Exclusive Workshop तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको बताइएको छ।
ग्राहकहरूलाई क्याम्प अवधि मा स्पेयर पार्ट्समा १२% छुट, अन्य लुब्रिकेन्ट्समा १८% छुट, EICHER लुब्रिकेन्ट्समा २५% छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २०% छुट, नि:शुल्क बम्पर-टु-बम्पर चेकअप र ३५-पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्बिसिंग मा सहभागी ग्राहकलाई नि:शुल्क विण्डचिटर प्रदान गरिनेछ।
बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सका प्रतिनिधिका अनुसार, “यो क्याम्प EICHER ग्राहकहरूलाई उनीहरूको सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न मद्दत गर्ने र उनीहरूको सन्तुष्टि बढाउने लक्ष्यका साथ आयोजित गरिएको हो। नेपालभरका EICHER प्रयोगकर्ताहरूलाई यो अवसरबाट लाभान्वित हुन आमन्त्रण गर्दछौं।”
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
