मंसिर १५ भित्र पुराना मापदण्डका सवारीसाधन जाँचपास गरिसक्न नाडाको आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पुराना मापदण्डका सवारीसाधन मंसिर १५ गतेभित्र जाँचपास गरिसक्न व्यवासयीमाझ आग्रह गरेको छ । नाडाले आईतबार एक बिज्ञप्ती जारी गर्दै त्यसपछिका दिनमा यूरो६ मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाइने हुँदा समयमै पुराना मापदण्डका सवारीसाधनको भन्सार जाँचपास गराउन अनुरोध गरेको हो ।
‘बन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ को नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ (युरो ६) लागु गरिसकेको सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ लागु हुनुभन्दा पहिले प्रो फर्मा इन्भ्वाइस जारी भईसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मिति २०८२ साल मङसिर १५ गते सम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्वविदितै छ’ नाडाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
भन्सार जाँचपास लगायत अन्य व्यवस्थाका लागि बन तथा वातावरण मन्त्रालय तथा अर्थमन्त्रालयमा पत्राचार गरी आवश्यक पहल समेत गरेको नाडाले बताएको छ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

