• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • ६ घण्टा 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
  • ८ घण्टा 

Dongfeng Motor has launched Munich design center in European markets
  • ९ घण्टा 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • ९ घण्टा 

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
  • १० घण्टा 

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ११ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १२ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • २. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ४. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • ५. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ६. कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?

  • ७. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ८. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ९. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • १०. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

जानकारी केन्द्र २०८२, मंसिर, ११

काठमाडौं । लामो तयारीपछि, सेप्टेम्बर ६ मा चाइना डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी (DFMIEC) ले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा आफ्नो पेरु अफिस उद्घाटन गरेको बताइएको छ ।

उद्घाटनमा कम्पनी र यसको डोंगफेंग अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कम्पनीकै कमर्शियल भेहिकल ओभरसिज मार्केटिंग डिपार्टमेन्टका जनरल म्यानेजर लिउ सुएमिङ, तथा पेरुका विभिन्न व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू उपस्थित थिए।

यसअघि, पेरु रिजनल मार्केटिङ सेन्टरको टिमले बजारको विस्तृत अध्ययन, ग्राहकको आवश्यकताबारे अन्तर्वार्ता, बजारका विभिन्न वर्गहरूको विश्लेषण र बजार विकासका लागि रणनीति तयार पारेको थियो । उच्चस्तरीय चिनियाँ कमर्सियल भेइकलहरूको प्रतिनिधित्व गर्ने हाइ–एण्ड जीएक्स ट्र्याक्टर, केसी डम्प ट्रक र आरके कार्गो ट्रक पहिले नै पेरुको मुख्य व्यावसायिक भेइकल माग पूरा गर्न भित्र्याइएका थिए ।

नयाँ अफिसको स्थापना डोङफेङको दक्षिण अमेरिकी बजारप्रति थप प्रतिवद्धता रहेको जनाइएको छ। अब ओभरसिज मार्केटिङ टिमले पेरुलाई केन्द्र बनाएर छिमेकी दक्षिण अमेरिकी देशहरूमा छिटो सेवा, छिटो रेस्पोन्स र ग्राहकलाई थप भ्यालु सिर्जना गर्न सहयोग गर्नेछ जसले गर्दा ग्राहक, पार्टनर र डोङफेङ सबैका लागि लाभ हुनेछ ।

साथै, कम्पनीले लोकल ब्रान्ड प्रमोशन गर्न, ब्राण्ड पहिचान बढाउन र मार्केटिंग गर्नका लागि प्रभावकारी सहयोग गर्नेछ। यो कदम डोंगफेंगको दक्षिण अमेरिकी विकास यात्रामा एक महत्वपूर्ण माइलस्टोन मानिने छ।

“DFMIEC को पेरु अफिस स्थापनाले डोंगफेंगको पेरुभियन बजारप्रतिको प्रतिवद्धता देखिन्छ। हामी डोंगफेंगलाई यहाँको बजारमा अग्रणी बनाउन पूरा प्रयास गर्नेछौँ,” पेरुका कमर्शियल भेइकल पार्टनर जपाटाले भने।

कमर्शियल भेहिकल पार्टनर एडिलबेर्तोले थपे, “अब पेरुका ग्राहकहरूले चिनियाँ ब्रान्डको वास्तविक क्षमता नजिकबाट अनुभव गर्न सक्नेछन्, जसले ब्रान्डप्रतिको विश्वास अझ बढाउनेछ।”

उद्घाटनपछि, याङ ताओ, लिउ सुएमिङ र पेरु मार्केटिङ सेन्टर टिमले स्थानीय पार्टनरसँग पेरुमा डोंगफेंगको भविष्य योजनाबारे विस्तृत छलफल गरे। याङ ताओले भने, “डोंगफेंगले पेरु बजारमा दीर्घकालीन रणनीति अपनाउनेछ, आफ्नो उपस्थितिलाई अझ गहिरो बनाउनेछ, र लोकल अपरेसनलाई मजबुत बनाएर एक–दुई वर्षभित्र पेरु बजारलाई दक्षिण अमेरिकी बेन्चमार्क मार्केट बनाउने लक्ष्य राख्नेछ। पेरु अफिसलाई क्षेत्रीय मुख्यालयका रूपमा विकसित गरिनेछ, जहाँबाट लोकल साझेदारहरूको सहायता मार्फत् मार्केटिङ च्यानल, स्पेयर पार्ट्स, तालिम र सेवा क्षमताहरू अझ मजबुत बनाइनेछ।”

दिउँसो, याङ ताओ र पेरु मार्केटिङ टिमले स्थानीय पार्टनरसँग मिलेर चाइना मिनमेटल्स कर्पोरेसनको पेरु सहायक कम्पनी लास बम्बासको भ्रमण गरे। दुवै पक्षले स्थानीय यातायात उपकरण आवश्यकताहरू, नयाँ ऊर्जा ट्रेण्डहरू, स्थानीय फ्लीट र समुदाय समर्थन परियोजनाबारे विस्तृत छलफल गरे, र साझा विकासका लागि प्रारम्भिक सहमति पनि जुटाए।

साथै, यांग ताओ र टिमले पेरुका डिलर सान बार्तोलोमको लिमामा रहेको नयाँ डोंगफेंग कमर्शियल भेइकल फ्ल्यागशिप स्टोरको उद्घाटन समारोहमा पनि भाग लिएको बताइएको छ।

साथै, उनीहरूले युरो मोटर ग्रुपका डेपुटी जनरल म्यानेजर पान्चोसँग वार्षिक लक्ष्य, आफ्टर सेल्स सर्भिस, स्पेयर पार्ट्स, डिलर तालिम र वित्तीय सहयोगबारे चर्चा गरे।

सान बार्तोलोमका जनरल म्यानेजर जपाटाले भने, “पेरुमा चिनियाँ ब्रान्डको विकास स्पष्ट रूपमा देख्न सकिन्छ। हालका वर्षहरूमा डोंगफेंगका कमर्शियल भेइकलहरूको गुणस्तर निरन्तर सुधार भइरहेको छ, र स्थानीय समर्थन पनि धेरै बलियो बनेको छ। अब सान बार्तोलोमले डोंगफेंगको कमर्शियल टिमसँग मिलेर पेरुमा ग्राहकलाई सुरक्षित, भरपर्दो र समयमै समाधानहरू उपलब्ध गराउने छ।”

  • ev
  • इलेक्ट्रिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

ताजा

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

Dongfeng Motor has launched Munich design center in European markets

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.