बोएट पार्टीपाल ३०० र पार्टीपाल २२० नेपालमा लन्च : ठूला स्पीकर, ठूलो मूल्य
काठमाडौं । नेपालको स्पीकर बजारमा धेरै विकल्प भए पनि धेरैजसो महँगो देखिन्छन्। यसैबीच बोएटले पार्टीपाल ३०० र पार्टीपाल २२० नेपालमा लन्च गरेर उपभोक्तालाई आधुनिक सुविधाहरू र उचित मूल्यको नयाँ विकल्प दिएको बताइएको छ।
पार्टीपाल सेरेसको प्रमुख मोडेल पार्टीपाल ३०० रहेको जनाइएको छ। यसमा १२०डब्लु आरएमएस बोएट सिगंनेचर साउन्ड दिइएको । जसले ठूलो कोठा वा घरैभरि साउन्ड फिलगर्न सकिन्छ।
पार्टीपाल ३०० मा डिजाइन र साउन्डको कुरा गर्दा फेलेम स्टाइल एलईडी छन्, जसले स्पीकर लाई आकर्षक बनाउँछ। यसमा दमदार हेभी बास छ, जुन धेरै नेपाली प्रयोगकर्ताहरूले मन पराउँछन्।
त्यस्तै बोएट पार्टीपाल ३०० मा ब्याट्रीको कुरा गर्नुपर्दा बोएट अनुसार ब्याट्री ब्याकअप करिब ६ घण्टा रहेको बताइएको छ। जुन १२० डब्लु स्पीकरको हिसाबले उपयुक्त मानिन्छ।
बोएट पार्टीपाल ३०० मा ब्लुटुथ भी ५.३ एयुएक्स,युएसबि,टिएफ कार्ड,टिडब्लुएस सपोर्ट, माइक इन्पुट (कराओकेका लागि),गिटार इन्पुट जस्ता विशेषताहरू पाउन सकिन्छ ।

त्यस्तै पार्टीपाल २२०, बोएट पार्टीपाल ३०० भन्दा कम्प्याक्ट र बजेट-फ्रेन्ड्ली मोडेल रहेको जनाइएको छ, तर स्पीकरमा कुनै कमी नभएको बताइएको छ ।
पार्टीपाल २२० मा डिजाइन र साउन्डको कुरा गर्दा यसमा ८० डब्लु आरएमएस आउटपुट रहनुका साथै साना भेटघाट वा कोठा प्रयोगका लागि पर्याप्त छ। आरजिबी लाइटिङ न्यानो प्रभाव भए पनि पार्टीको माहोल बनाउन सक्षम रहेको जनाइएको छ।
त्यस्तै बोएट पार्टीपाल २२० मा ब्याट्री ब्याकअप ६ घण्टासम्म दिइएको छ, जुन क्यासुवल युजका लागि पर्याप्त रहेको बताइएको छ। पार्टीपाल २२० मा ब्लुटुथ भी ५.३,एयुएक्स,युएसबि,टिएफ कार्ड टिडब्लुएस पियरिङ सपोर्ट जस्ता फिचर्स पाउन सकिन्छ ।

पार्टीपाल ३०० ठूलो पार्टी ,कराओके र गिटार वा माइक इन्पुट चाहिने युजरका लागि उपयुक्त्त रहेको जनाइएको छ भने त्यस्तै बोएट पार्टीपाल २२० विद्यार्थीहरू, साना कोठा वा भेटघाट र बजेटमै राम्रो स्पीकर खोज्ने उपभोक्ता लागि उपयुक्त्त रहेको बताइएको छ ।
पार्टीपाल सिरिजले नेपाली बजारमा बजेटमै उत्कृष्ट पार्टी स्पीकरको स्तर बढाएको बताइएको छ। उच्च वाटेज, आधुनिक फीचर, टिडब्लुएस सपोर्ट र आकर्षक डिजाइनले बोएट लाई प्रतिस्पर्धी बजारमा बलियो बनाउँछ।
नेपालमा बोएट पार्टीपाल ३०० को मुल्य ३१ हजार ९ सय ९९ रहेको छ भने अफर मुल्य २८ हजार ४ सय ९९ रहेको बताइएको छ । त्यसतै बोएट पार्टीपाल २२० को मुल्य २६ हजार ९ सय ९९ रहेको छ भने अफर मुल्य २३ हजार ४ सय ९९ रहेको छ ।
बोएट पार्टीपाल ३०० र २२० दुबै नेपाली उपभोक्ताका लागि बजेटमै उत्कृष्ट मूल्य दिने स्पीकर मोडेल हुन्। पार्टीपाल ३०० शक्तिशाली र बहुप्रयोग क्षमताले प्रभावित बनाउँछ भने पार्टीपाल २२० बजेटमा पावर र फीचर दुवैको सन्तुलन दिन्छ। यी दुबै मोडेलले नेपाली पार्टी स्पीकर बजारमा नयाँ ट्रेन्ड सेट गर्न सक्ने क्षमता राख्छन्।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
