बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
काठमाडौं । बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।
‘Dominar Day is on; and your upgrade starts now’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले Alpha CS ! Armored Riding Jacket /MT Helmet जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, “नागरिकताको भरमा EMI” सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाईकको उत्कृष्ट मूल्यांकन (Best Valuation) र खेलप्रेमीहरूको लागि NPL Tickets जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन् ।

साथै, सहभागीहरूले Sponsored Weekender Ride जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा Dominar Merchandise पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् ।
सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ ।
साथै डोमिनार डे (Dominar Day) एक–हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
