अब दुई मिनेटमै पुस्तक, पैसा तिर्न नपर्ने !
गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् ।
ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ ।
पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको ‘सीडीसीनेपाल’ नामक एप्सको प्रयोग गरी शिक्षक तथा विद्यार्थीले आफूलाई चाहेको शैक्षिक सामग्री औँलाले थिचेका भरमा तत्काल प्राप्त गर्न सक्ने छ ।
यस्तो सुविधाबाट पाठ्यसामग्री प्राप्त गर्न एनरोइड सुविधा भएको मोबाइल फोन वा ट्याब्लेट आवश्यक छ । आईफोन वा आईप्याडमा भने यस्तो सुबिधा उपलब्ध हुन केही प्रतीक्षा गर्नुपर्ने केन्द्रको भनाइ छ ।
विनाविभागीय मन्त्री डीआर पौडेलले अब झोला बोकेर विद्यालय जाने प्रचलन हट्नुपर्छ र ग्याजेट बोके पुग्छ भन्दै थपे, ‘विद्यालय जाँदा झोला बोक्ने परिपाटी विश्वमै हट्दैछ । अब हामीहरूले पनि अनिवार्य रूपमा पाठ्यपुस्तकका ठेली बोकेर विद्यालय जानुपर्ने बाध्यताबाट विद्यार्थीलाई मुक्त गराउनै पछर् ।’
डाटाबाट एप्स डाउनलोड गर्दा सुरुमा बढीमा तीन रूपियाँ खर्च लाग्छ । केन्द्रले एप्समा थप सामग्री समावेश गर्दै जाने योजना बनाएको छ र डाउनलोड गरेपछि एप्स अटोअपडेट हुने सुविधा बनाइएको छ ।
केन्द्रले हाल कक्षा १ देखि १० सम्ममा पाठ्यक्रमलाई एप्समा राखेको छ । त्यस्तै कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तकलाई पनि डीसीसीनेपाल एप्समा राखिएको छ ।
गोरखापत्रबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

