• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ चैत २०८२, शनिबार
१४ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • ७ घण्टा 

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
  • ८ घण्टा 

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?
  • १३ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?
  • १ दिन 

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा
  • १ दिन 

तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज
  • १ दिन 

२०८२ चैत १५ गते आइतबार, यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत ०९ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ चैत १० गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • ४. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ६. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ८. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ९. नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेको जे ६ टि

  • १०. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

काठमाडौँमा मोक्सी होटेल्सको आगमन : नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै

जानकारी केन्द्र २०८२, मंसिर, ३०

काठमाडौं ।  मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले शनिबार काठमाडौंमा मोक्सी काठमाडौँको उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ। परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाडौँको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण यो शहर मोक्सीका लागि उपयुक्त थलो बनेको कम्पनीले जनाएको  छ।

नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ र साहसिक अध्यायको सुरुवात गरेको मोक्सी काठमाडौँ राजधानीको सबैभन्दा चलायमान व्यवसायिक र मनोरञ्जनको थलो दरबारमार्ग मा अवस्थित छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटको दूरीमा भएकाले आधुनिक यात्रुहरूको लागि यो उत्कृष्ट प्रारम्भिक गन्तव्य बन्न पुगेको छ। यहाँ बस्ने अतिथिहरू यूनेस्को सूचीमा समावेश दरबार स्क्वायर, आध्यात्मिक शान्तिको प्रतीकको रूपमा रहेको स्वयम्भूनाथ स्तुप (मंकी टेम्पल) र कला, संगीत, खाना तथा फेसनको अनौठो समिश्रणका लागि प्रसिद्ध ठमेलका चहलपहलयुक्त बजारहरूमा सहजै पुग्न सक्छन्।

मोक्सी काठमाडौँले अतिथिलाई आर्ट ग्यालरीदेखि इन्डी क्याफे र रूफटप लाउञ्जदेखि लाइभ म्युजिक भेन्युहरूसम्म, शहरको विकसित हुँदै गएको आधुनिक परिवेशसँग अझ नजिक ल्याउँने कम्पनीले उल्लेख गरेको छ । शताब्दीऔँ पुराना मन्दिरहरूको भ्रमण होस्, नजिकैका ट्रेलहरूमा हाइकिङ होस्, वा काठमाडौँको चलायमान नाइटलाइफमा डुबुल्की मार्न होस्, शहरलाई जिज्ञासा र स्टाइलका साथ अनुभव गर्न चाहनेहरूका लागि यो होटल उपयुक्त आधारबिन्दु बन्न पुगेको छ।

मोक्सी ब्रान्डको पहिचानअनुसार होटलले स्थानीय डिजाइन, लचिलो सामाजिक स्थल र सम्बन्धहरू निर्माण गर्न सघाउने वातावरणको संयोजनद्वारा परम्परागत बसाइलाई नयाँ रूप दिन्छ। शहरको उत्साही र गतिशील भावनासँग पूर्ण रूपमा मेल खाने मोक्सी काठमाडौँले युवादेखि जवान मन भएका सबैलाई मौलिक र अनपेक्षित शैलीमा काठमाडौँलाई नियाल्न निमन्त्रणा गर्दछ।

“मोक्सीको साहसिक र रमाइलो भावना परम्परा र आधुनिकता एकसाथ धड्किने काठमाडौँ जस्तो शहरका लागि एकदमै उपयुक्त छ। असामान्य तर संस्कृतिको जरासँग जोडिने अनुभवहरूको माग बढ्दै गएको वर्तमान परिवेशमा, मोक्सी काठमाडौँले शहरको गतिसँग मेल खाने युवा जोश र उत्साह भित्र्याएको छ। नेपालमा यो लाइफस्टाइल ब्रान्ड पहिलोपटक ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। यो नेपालमा पहिलो र दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो। हामी यो क्षेत्रमा हाम्रो पोर्टफोलियो विस्तार गर्दै स्टाइल, जोश र मौलिकता खोज्ने यात्रुहरूलाई आकर्षित गर्न चाहन्छौं,” किरण एण्डिकट, सिनियर भाइस प्रेसिडेन्ट,दक्षिण एशिया, मेरियट इन्टरनेशनले भने।

अतिथिहरू ढोकाभित्र छिर्नासाथै मोक्सी बारमा पुग्छन्, र रमाइलो त्यहिँबाट सुरु हुन्छ। यही बार होटलको अनौठो चेक–इन काउन्टर र गतिविधिको केन्द्र पनि हो, जहाँ अतिथिलाई स्वागतस्वरूप हस्तनिर्मित ककटेल प्रदान गरिन्छ। नेपाली संस्कृतिबाट प्रेरित आधुनिक कलाकृतिले सजिएको खुला लबी संवाद र सिर्जनशीलतालाई प्रोत्साहन गर्न डिजाइन गरिएको बताइएको छ। अतिथिहरूले जोशिलो संगीतको मजा लिन वा सामूहिक स्थानहरूमा बसेर अन्य यात्रुहरूसँग घुलमिल भई सम्झनलायक क्षणहरू बिताउन सक्छन्। अनपेक्षित रमाइलोले भरिएको बसाइ तयार गर्ने प्लेफुल रिक्रिएसन जोनले जीवन्त र सामाजिक वातावरणमा एअर हक्की खेल्न वा पुरानो याद ताजा गर्ने बोर्ड गेम्स खेल्न अतिथिलाई लोभ्याउँछ। यसमा थप रंग भर्छ मोक्सी हुकअपले, जहाँ अतिथिहरूलाई निःशुल्क सरप्राइज ड्रिंक, लोकल खानाका स्वादिष्ट परिकार, विशेष छुट र रमाइला गिफ्टहरू उपहारहरूस्वरूप दिइन्छ। फ्लेक्सिबल स्थानहरू, मनमोहक डिजाइन र बलियो सामुदायिक भावनाको साथमा मोक्सी काठमाडौँले परम्परागत आतिथ्यलाई जीवनशैलीमुखी, पहिचानयुक्त र पूर्ण रूपमा ‘मोक्सी’ शैलीको नयाँ अनुभवले सिंगार्छ।

यसका १०१ वटा गेस्टरूमहरू कोठाको स्थान अधिकतम रूपमा प्रयोग गर्न सकिने गरी बुद्धिमानी ढङ्गले डिजाइन गरिएका छन्। यसले अतिथिहरूलाई आफ्नो आवश्यकता अनुसार कोठालाई अनुकूल बनाउन पनि मद्दत गर्छ। प्रत्येक कोठामा आराम र उपयोगिताबीच उत्तम सन्तुलन बनाउने स्मार्ट लेआउट छ। यहाँ मुलायम बेड, वाक–इन सावर, ५५-इन्चको HD स्मार्ट टिभी, साथै मोड्युलर फर्निचर र मोसन–एक्टिभेटेड LED लाइट, खुला कम्पार्टमेन्ट लेआउट, पेग–वाल जस्ता स्मार्ट फिचरहरू छन् जसले प्रत्येक अतिथिका लागि सहज र डिजाइन–केन्द्रित समाधान उपलब्ध गराउँछन्। स्वस्थ र स्फुर्त रहन चाहने पाहुनाहरूका लागि होटलमा विशेष रूपले डिजाइन गरिएको फिटनेस सेन्टर पनि छ जुन क्विक कार्डियो सेसन र इन्टेन्स वर्कआउट दुवैलाई ध्यानमा राखेर बनाइएको छ।

मोक्सी काठमाडौँले भोजनलाई साधारण खानेकुरा मात्र होइन, एक उच्चकोटीको अनुभवमा रूपान्तरण गर्छ, जहाँ स्वादले रोमाञ्चित बनाउँछ भने स्थानहरूले प्रेरित गर्छन्। लेभल ११ मा रहेको LA HACIENDA – Barra y Cocina Latina ले अतिथिलाई प्रसिद्ध मेक्सिकन सेफ मार्टिन हर्नान्डेज लोपेजद्वारा क्युरेट गरिएको ल्याटिन अमेरिकी स्वादको यात्रामा आमन्त्रण गर्छ। काठमाडौँ उपत्यकाको मनमोहक दृश्य हेर्न सकिने जीवन्त वातावरणसहितको यो स्थानले उत्कृष्ट भोजन मात्र होइन, पूर्ण इन्द्रियको अनुभूति प्रदान गर्छ। न्यूयोर्कस्थित मेक्सिकन डिजाइनर पाब्लो कास्टेयानोसद्वारा तयार गरिएको आकर्षक डिजाइन र खुला किचन अवधारणाले यस ठाउँमा स्टोरीटेलिंग र स्टायल दुवैको बलियो तह भरेको छ। त्यस्तै, छतमा अवस्थित CARIÑO – Terraza Latina मा खुला आकाशमुनिको शान्त वातावरणमा बसेर आकाशका तारा र सहरको दृश्यहरू हेर्दै हातले बनाइएका ककटेलहरूको मजा लिन सकिन्छ। यी दुवै स्थलहरू विदेशी पाहुनालाई मात्र होइन, स्वदेशी ग्राहकलाई पनि आकर्षित गर्ने हिसाबले तयार पारिएका छन्, जहाँको रंगीन माहोल, जबरजस्त स्वाद र आकर्षक जोशले यी स्थानहरूलाई लाइफस्टाइल गन्तव्य बनाएका छन्।

“काठमाडौं एक जीवन्त शहर हो। यो प्राचीन हुँदाहुँदै आधुनिक पनि छ; जीवन्त हुँदाहुँदै आरामदायी पनि छ। सधैं बदलिँदै, अगाडि बढ्दै जाने यसको स्वभाव भएकाले यो शहर मोक्सीका लागि बिल्कुल सुहाउँदो स्थान हो। हामी यहाँ साहसिक, सामाजिक र जीवनका रङ्गहरूले भरिएको यस्तो होटल अनुभव ल्याउँदैछौं, जहाँ पाहुनाहरू बस्ने मात्र होइन, शहरको ऊर्जा र लयसँग कसिलो गरी जोडिनेछन्। हामी यो सबैलाई वास्तविक स्वरुपमा हेर्न आतुर छौं,” सुवर्ण थापा, क्याप्टेन, मोक्सी काठमाडौँले भने।

मेरियट बोनवोय® को बारेमा
मेरियट बोनवोय भनेको मेरियट इन्टरनेसनल अन्तर्गतका ३० भन्दा बढी होटल ब्रान्ड र १०,००० भन्दा बढी गन्तव्यहरू भएको एक व्यापक पोर्टफोलियो हो। यसले संसारभरिका रमणीय स्थानहरूमा उत्कृष्ट हस्पिटालिटी सेवा प्रदान गर्छ। यो अवार्ड–विजेता ट्राभल प्रोग्राम र मार्केटप्लेसले सदस्यहरूलाई आफ्नो वरपरका साथै संसारका कुनाकाप्चासम्म पुर्‍याउने प्रेरणादायी र नयाँ अनुभवहरूमा पहुँच दिन्छ।

मोक्सी होटेल्स® को बारेमा
मोक्सीले युवा मन भएकाहरूका लागि रमाइलो होटल अनुभव प्रदान गर्छ। अहिले मोक्सीका ३० भन्दा बढी देश र ठाउँहरूमा १७० भन्दा बढी होटलहरू सञ्चालनमा छन्, जसले पारम्परिक होटल बसाइको सीमालाई तोड्दै नयाँ अनुभव प्रदान गर्छन्। यहाँको अनौपचारिक अनुभव मोक्सी बारबाट चेक–इन गरेपछि सुरु हुन्छ र त्यसपछि लाउन्ज, लाइब्रेरी र साना तर स्मार्ट बेडरूमहरू हुँदै सामाजिक सार्वजनिक स्थानहरूमा समेत जीवन्तता थपिन्छ। पाहुनाहरूले आफ्नो यात्रा अनुभवमा खुला मनले खर्च गर्न सकून् भनेर मोक्सीले स्टाइलिश बसाई, इन्डस्ट्रियल डिजाइन र आत्मीय सेवालाई आकर्षक मूल्यमा उपलब्ध गराउँछ। मोक्सीले अनौपचारिकता, खुलापन र मौलिकतालाई प्राथमिकतामा राख्छ, र अतिथिलाई सधैं “प्ले अन” (#atthemoxy) गर्ने स्वतन्त्रता प्रदान गर्छ।

  • jankari kendra
  • jankarikendra
  • मोक्सी होटेल्स
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

ताजा

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.