आयन भी द्वारा उच्च मान्यता भएको ५-स्टार एनक्याप सेफ्टी रेटिङ प्राप्त
काठमाडौं । उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, आयनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, आयन निकै प्रचलित बनेको जनाएइको छ।
नेपाली ग्राहकहरुमा भने आयनको आयन भी मोडेलले लोकप्रियता पाईरहेको बताइएको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयन भी सुरक्षामा पनि उत्कृष्ट छ। आयन भी ले हालै यूरो एनक्याप टेस्ट २०२५ मा सर्वोच्च ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो। आयन भी ले यसअघि यूरो एनक्याप टेस्ट २०२५ मा पनि ५-तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। यो मान्यताले आयनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ ।
आयन भी मा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ ।
नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई आयन भी र आयन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको बताएको छ। कम्पनीका अनुसार, विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ आयन र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध छन्।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

