• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १२ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १२ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • २. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ३. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • ४. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ८. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ९. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • १०. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

जानकारी केन्द्र २०८२, पुष, ५

काठमाडौँ । अन्तरप्रादेशिक सवारी रुट इजाजतसम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेश हुँदाहुँदै पनि समस्या समाधान नभएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ। यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको निर्णयले मूल समस्या सम्बोधन नगरेको र महासंघलाई बोधार्थसमेत नदिई पत्राचार गरिएको भन्दै महासंघले मानहानीसम्बन्धी मुद्दा अदालत लैजाने चेतावनी दिएको छ।

महासंघका अनुसार संघीय र प्रदेश सरकारबिच अन्तरप्रादेशिक सवारी रुट इजाजतको अधिकार र कार्यान्वयनमा देखिएको विवाद अनुमति नलिएका सवारी साधनका कारण नभई विधिवत् रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहेका सवारीमाथि गरिएको कारबाहीका कारण उत्पन्न भएको हो। अनुमति कायम रहँदासमेत कारबाही हुन थालेपछि महासंघले यसलाई असंवैधानिक र कानुनविपरीत ठहर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले २०८० भदौ ७ गते अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा यातायात व्यवस्था विभागले २०८० जेठ ७ गते जारी गरेको पत्र तत्काल कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिइएको थियो। अनुमति प्राप्त सवारी साधनको रुट इजाजत अवधि बाँकी रहँदासम्म कारबाही गर्न नपाइने सामान्य कानुनी सिद्धान्तअनुसार अदालतले व्यवसायीलाई अन्तरिम सुरक्षा दिएको महासंघको भनाइ छ।

तर अदालतको आदेशपछि पनि विभिन्न स्थानका ट्राफिक प्रहरी कार्यालयहरूले अनुमति प्राप्त अन्तरप्रादेशिक मालवाहक सवारीमाथि कारबाही जारी राखेको महासंघले जनाएको छ। महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार यसले व्यवसायीहरूलाई अनावश्यक जरिवाना, आर्थिक भार र मानसिक प्रताडनामा पारेको छ।

यही विवादको सिलसिलामा यातायात व्यवस्था विभागले २०८२ मंसिर ४ गते निर्णय गर्दै अन्तरप्रादेशिक सवारी रुट इजाजतसम्बन्धी विषयमा गण्डकी पोखरा, सुर्खेत र बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयलाई पत्र पठाएको बताइएको छ। विभागले अन्तरप्रादेशिक सवारी रुट इजाजत जारी गर्ने अधिकार संघीय सरकारअन्तर्गत पर्ने उल्लेख गर्दै साविकमा प्रत्यायोजन गरिएका अधिकार खारेज गरिएको जनाएको छ। साथै, विभाग मातहत सवारी परीक्षण कार्यालय नरहेका मधेश, गण्डकी र कर्णाली प्रदेशमा देखिएको कठिनाइलाई ध्यानमा राख्दै अर्को व्यवस्था नभएसम्म पुरानै परिपत्रअनुसार कार्य गर्न अनुरोध गरिएको छ।

तर महासंघले विभागको उक्त निर्णयले समस्या पूर्ण रूपमा समाधान नगरेको दाबी गरेको छ। महासचिव बानियाँले विभागले निर्णय जारी गर्दा महासंघलाई बोधार्थसमेत नदिएकोप्रति आपत्ति जनाउँदै यसलाई गम्भीर त्रुटि भएको बताए। उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महासंघजस्तो प्रत्यक्ष सरोकारवाला संस्थालाई बोधार्थसमेत नदिनु गल्ती स्वीकारजस्तै हो।

“समस्या समाधान भइसकेको छैन। हामीले उठाएको मूल विषयलाई छुनसमेत खोजिएको छैन,” महासचिव बानियाँले भने, “महासंघलाई बोधार्थ नदिई निर्णय सार्वजनिक गर्नु आपत्तिजनक छ। यस विषयमा आइतबार छलफल गरेर थप पहल गर्नेछौँ, आवश्यक परे मानहानीसम्बन्धी मुद्दासमेत अदालतमा अघि बढाउँछौँ।”

महासंघले संघीय र प्रदेश सरकारबिच देखिएको अधिकारको अन्योलका कारण व्यवसायीहरू अनावश्यक पीडामा परेको उल्लेख गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न पुनः माग गरेको छ।

  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.