कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
एजेन्सी । यद्यपि वैज्ञानिक युगमा मानिसहरू ज्योतिषशास्त्रका कुरामा विश्वास गर्न खासै तयार हुँदैनन्, तर मानिसभन्दा माथि कुनै अदृश्य शक्ति छ भन्ने मान्यता वैज्ञानिकहरू समेत स्वीकार गर्छन् । ज्योतिषशास्त्रका धेरै पक्षहरू विज्ञानसँग पनि मेल खाने बताइन्छ । ज्योतिषअनुसार मानिसको जन्मबार, जन्मसमय र ग्रहस्थितिले उसको स्वभाव र चरित्र निर्धारण गर्छ ।
आइतबार
आइतबार जन्मिएका व्यक्ति सकारात्मक सोचका, विश्वसनीय र संवेदनशील स्वभावका हुन्छन् । अन्तर्मुखी हुने भएकाले उनीहरूको साथीहरूको संख्या कम हुन्छ । कसैले भनेका कुरालाई लामो समयसम्म मनमा लिइरहने बानी हुन्छ । चिन्तन शक्ति प्रबल हुने भएकाले लेखन, वकालतजस्ता क्षेत्रमा सफलता प्राप्त गर्न सक्छन् । अरूलाई सहयोग गर्न सधैं तत्पर रहने भएपनि छिट्टै रिसाउने बानी उनीहरूको कमजोरी हो।
सोमबार
सोमबार जन्मेका व्यक्तिको स्मरण शक्ति निकै तेज हुन्छ । उनीहरू मुडी र संवेदनशील स्वभावका हुन्छन् । यस बार जन्मिएका पुरुषहरू मायालु हुन्छन् तर अलि लोभी स्वभावका कारण प्रायस् श्रीमतीको गुनासो सुन्नुपर्ने हुन्छ । आफ्नो सौन्दर्य प्रति विशेष ध्यान दिने भएकाले उनीहरूको आकर्षणले धेरैलाई मोहित बनाउँछ ।
मंगलबार
मंगलबार जन्मिएका व्यक्ति बहादुर, स्मार्ट र सक्रिय हुन्छन् । परोपकारी स्वभावका कारण अरूलाई सहयोग गर्न सधैं अगाडि रहन्छन् । हरेक काम गम्भीरतापूर्वक गर्ने यी व्यक्तिहरू गलत कुरा सहन नसक्ने हुँदा छिट्टै रिसाउँछन् । विलासितापूर्ण जीवन मन पराउने भएकाले लुगा, गाडी र घरजस्ता सुविधामा रुचि राख्छन् । इमानदार र स्पष्टवक्ता भएकाले आफ्नै मेहनतले सफलता हासिल गर्छन् । वैवाहिक जीवन सुखमय हुन्छ र राम्रो जीवन साथी पाउँछन् । तर कुनै कुरामा छिट्टै मन भरिनु उनीहरूको नकारात्मक पक्ष हो ।
बुधबार
बुधबार जन्मेका व्यक्ति शान्त, विद्वान र व्यवसायिक सोच भएका हुन्छन् । योजनाभन्दा व्यवहारिक र व्यवस्थित ढंगले काम गर्न रुचाउँछन् । सफा र सकारात्मक विचारधाराका मालिक यी व्यक्तिहरू नयाँ नयाँ कुरा जान्न इच्छुक हुन्छन् । बोल्ने शैली प्रभावशाली हुन्छ । सामान्यतया रिस कम उठ्छ तर एकपटक रिसाएपछि शान्त हुन समय लाग्छ । सजिलै माफी नदिने स्वभाव हुन्छ ।
बिहिबार
बिहिबार जन्मिएका व्यक्ति मेधावी, शान्त र समझदार हुन्छन् । अरूलाई सम्मान गर्ने स्वभावका कारण समाजमा आदर्श पात्रका रूपमा चिनिन्छन् । नेतृत्व क्षमता बलियो हुने भएकाले जुन क्षेत्रमा काम गरेपनि उच्च पदमा पुग्ने सम्भावना हुन्छ । स्वतन्त्रता मन पराउने यी व्यक्तिहरू बन्धनमा बस्न चाहँदैनन् । चाँडै विश्वास गर्ने बानीका कारण कहिले काहीँ धोका खानुपर्छ । प्रेम विवाहको सम्भावना बढी हुन्छ र वैवाहिक जीवन सामान्यतया सुखमय हुन्छ ।
शुक्रबार
शुक्रबार जन्मेका व्यक्तिको मन, मस्तिष्क र शरीर सन्तुलित हुन्छ । उनीहरू प्रायस् रचनात्मक क्षेत्रमास् संगीत, फिल्म, मिडिया वा खेलकुदमा आकर्षित हुन्छन् । मधुर बोली र मनमोहक मुस्कान उनीहरूको विशेषता हो । अत्यन्त भावुक हुने भएकाले कहिले काहीँ अनावश्यक रूपमा दुखी हुन्छन् । सम्बन्ध प्रति सजग भएपनि अत्यधिक सजगताले कहिले काहीँ सम्बन्धमै समस्या ल्याउन सक्छ । धनको अभाव हुँदैन तर बचत गर्न कठिनाइ हुन्छ ।
शनिबार
शनिबार जन्मेका व्यक्ति गम्भीर, जिम्मेवार र अनुशासित स्वभावका हुन्छन् । बुद्धिमान र व्यवसायिक सोच भएका यी व्यक्तिहरू प्रायस् हरेक काममा परिपक्व देखिन्छन् । स्पष्टवक्ता भएकाले कहिले काहीँ आलोचनाको सामना गर्नुपर्छ । सम्बन्धलाई अत्यन्त महत्व दिने यी व्यक्तिहरू साथीहरूका लागि जे पनि गर्न तयार हुन्छन् । पैसावाला भएपनि फजुल खर्च गर्दैनन् । जिद्दी स्वभावका भएपनि कसैलाई दुख नदिने प्रयास गर्छन् । पार्टनरलाई राम्रो हेरचाह गर्ने भएकाले वैवाहिक जीवन सुखमय हुन्छ ।
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

