डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
काठमाडौं । डेल्टा अटोकर्प प्रा. लि. अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी “चिसो विन्टर, तातो अफर” नामक विशेष योजना सार्वजनिक गरेका छन्। यस अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन्।
मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ । यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस स्कीममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कूटरमा १०,००० रुपैयाँ सम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४०,००० रुपैयाँको ग्यारेन्टीड मूल्यांकन प्रदान गरिनेछ ।

कम्पनीका अनुसार, स्कूटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले केवल ४.९९% ब्याजदरमा EMI फाइनान्स् सुविधा र ०% सर्भिस चार्जको सुविधा प्रदान गर्दैछ । थप, अफर अवधिभर हरेक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिनेछ ।
“जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले ’चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ। प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो। गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,“ डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतो बताउँछन् ।
‘चिसो विन्टर, तातो अफर’ २०८२ पौष ९ गतेदेखि २०८२ फागुन ८ (२०२५ डिसेम्बर २४ देखि २०२६ फेब्रुअरी २०) गतेसम्म देशभरका सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी

