२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
मेष राशि-
नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रो प्रतिफल पाइएला। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ ।
वृष राशि-
आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ । चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला ।
मिथुन राशि-
कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। आफन्तजनको सहयोगले विशेष फाइदा होला, नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला। बलजफ्तीले काम बिग्रन सक्छ ।
कर्कट राशि-
पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
सिंह राशि-
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार-व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ।
कन्या राशि-
टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।
तुला राशि-
आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ, प्रेम र मित्रताको गाँठो कसिन सक्छ।
वृश्चिक राशि-
मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्ययोजना बन्ने र नयाँकामको सुरुवात समेत हुनेछ। काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
धनु राशि-
बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ। खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ। हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
मकर राशि-
कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला। महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कुम्भ राशि-
वादविवाद र झै-झगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपययोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।
मीन राशि-
बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ, प्रेम र मित्रताको बन्धन कसिन सक्छ। अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तुल्याउन सकिनेछ। तपाईको विचारलाई धेरैले मन पराउनेछन् ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
