• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २० घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • २० घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • २१ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • २३ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १ दिन 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १ दिन 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

  • २. सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ३. यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • ४. LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

  • ५. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

  • ६. अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने

  • ७. २०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • ९. वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

  • १०. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

जानकारी केन्द्र २०८२, पुष, ९

काठमाडौँ । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ।

नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित कस्मेटिका २०२५ आगामी डिसेम्बर २६ देखि २८ सम्म (पौष ११, १२ र १३ गते) काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ।

हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त एक्स्पोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गरेका छन्। कार्यक्रमको मिडिया पार्टनरका रूपमा वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फ़र र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका छन्।

कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस उद्योगसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता तथा व्यवसायीलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको आयोजकको भनाइ छ। बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको यस एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्ड सार्वजनिक गरिनेछ।

एक्स्पोमा स्वदेशी तथा विदेशी कस्मेटिक ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर तथा वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक प्रविधिसँग सम्बन्धित निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर केयर तथा हेयर इम्प्लान्ट क्लिनिक, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यसैगरी आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन र कस्मेटिक डेन्टिस्टहरू सहभागी हुनेछन्।

कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनीमा सीमित नरही सौन्दर्य र वेलनेसको उत्सवका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कार्यक्रम अवधिभर कस्मेटिक्स, सौन्दर्य तथा वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल तथा स्याम्पल वितरण, विशेष सेल्फी कियोस्क, नयाँ ब्रान्ड लन्च, लाइभ मेकअप र हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार, साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शका कार्यक्रम समावेश छन्।

वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्युटी लगायतका प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण हुनेछन्।

पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार उल्लेखनीय रूपमा विस्तार हुँदै आएको छ। सामाजिक मूल्य, जीवनशैली र उपभोग संस्कृतिमा आएको परिवर्तनसँगै कस्मेटिक्सप्रतिको माग तीव्र रूपमा बढेको देखिन्छ।

उपभोक्ताहरू आफ्नो व्यक्तिगत छवि, स्वास्थ्य र आत्मविश्वासप्रति पहिलाभन्दा बढी सचेत बन्दै गएका छन्, जसको प्रत्यक्ष प्रभाव सौन्दर्य तथा पर्सनल केयर क्षेत्रमा बढ्दो खर्चमा देखिएको छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा बढ्दो सक्रियताले पनि मानिसहरूलाई आफ्नो रूप–रंग र प्रस्तुतीकरणप्रति थप सजग बनाएको छ।

व्यक्तिगत हेरचाह तथा वेलनेस उत्पादनको माग बढ्नुमा उपभोक्ताको खर्च गर्ने क्षमता वृद्धि हुनु पनि मुख्य कारण मानिन्छ। यस क्षेत्रका प्रमुख उपभोक्ता १६ देखि ३० वर्ष उमेर समूहका, शिक्षित, रोजगारीमा संलग्न र शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरू रहेका छन्।

कुल कस्मेटिक्स बिक्रीको करिब ६० प्रतिशत हिस्सा काठमाडौँ उपत्यकामा केन्द्रित रहेको छ। महिलाहरू व्यावसायिक रूपमा सक्रिय, आर्थिक रूपमा सशक्त र खरिद निर्णयमा स्वतन्त्र बन्दै गएकाले बजार उपभोगको करिब ८० प्रतिशत हिस्सा महिलाहरूले ओगटेको देखिन्छ। यसका साथै पुरुष उपभोक्ताको सहभागिता पनि क्रमशः बढ्दै गएको छ।

हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब २३.६ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ। सन् २०२५ सम्म यस क्षेत्रका उत्पादनको आयात २०.४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यी उत्पादनहरू मुख्यतः भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ तथा अमेरिकाबाट आयात हुने गरेका छन्। उद्योगसँग सम्बन्धित उत्पादक, आयातकर्ता र विज्ञहरूका अनुसार नेपालमा कस्मेटिक्स बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ ।

  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.