नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
काठमाडौं । डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका अध्यक्ष वाङ लङको नेतृत्वमा रहेको एक वरिष्ठ प्रतिनिधिमण्डल औपचारिक निरीक्षण तथा एक्सचेन्ज भ्रमणका लागि नेपाल आएको छ। यस भ्रमणको उद्देश्य नेपालमा डोङफेङको बजार प्रदर्शन, सञ्चालन संरचना तथा समग्र उपस्थितिको समीक्षा गर्नुका साथै स्थानीय साझेदार र ग्राहकसँगको सहकार्यलाई थप मजबुत बनाउनु हेको थियो। डोङफेङ मोटरको नेपाली बजारप्रतिको चासो र दीर्घकालीन विकासको सम्भावनाका आधारमा यो भ्रमण तय भएको थियो।
प्रतिनिधिमण्डलमा DFMIEC का अध्यक्ष वाङ लङ, स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक झाओ सियाओजीए, ह्युमन रिसोर्स डिपार्टमेन्टका निर्देशक चेन जियान तथा दक्षिण एसिया क्षेत्रका क्षेत्रीय प्रबन्धक हे जिक्सिन सहभागी थिए। टोलीले नेपालमा हाल भइरहेका बजार गतिविधिहरूको अवलोकन गर्नुका साथै पूर्वाधार र आफ्टर सेल्स सर्भिसको मूल्याङ्कन गर्दै भविष्यको विकास, विस्तार र तीव्र बजार पहुँचका अवसरहरूबारे अध्ययन गरेको थियो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालमा डोङफेङको हालसम्मको प्रदर्शनको समीक्षा गर्दै ग्राहक प्रतिक्रिया, बजारको ट्रेण्ड तथा सञ्चालन दक्षताबारे जानकारी लिएको बताइएको छ। साथै, विद्यमान फ्यासिलिटीहरूको मूल्याङ्कन गर्दै ब्रान्ड उपस्थितिलाई अझ सशक्त बनाउने, ग्राहक अनुभव सुधार गर्ने र नेपाली बजारका लागि उत्पादन रेन्ज विस्तार गर्ने रणनीतिहरूमाथि छलफल गरिएको थियो।

भ्रमणको अवसर छोपेर डोङफेङका प्रतिनिधिमण्डलले ग्राहकहरूलाई नामी गाडीहरू पनि हस्तान्तरण गरिका थिए जुन यस ब्रान्डको लागि नेपालमा एक महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ । यस महत्त्वपूर्ण अवसरले डोङफेङ र नामीको भरपर्दो र भ्यालु बेस्ड मोबिलिटी सोलुसन्स प्रदान गर्ने तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।
भविष्यको सहकार्य र बजार विकाससम्बन्धी सकारात्मक छलफलसँगै भ्रमण सफलतापूर्वक सम्पन्न भएको थियो। कम्पनीका अनुसार, डोङफेङ मोटरले नेपालमा आफ्ना गतिविधिहरू संचालन गर्न निरन्तर सहयोग गर्ने, स्थानीय साझेदारसँग निकट रहेर काम गर्ने, पूर्वाधारहरू सुदृढ गर्ने, सेवा गुणस्तर सुधार गर्ने र विकसित हुँदै गएको नेपाली ईभी बजारमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
