टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न : खेल र समुदायको उत्सव
काठमाडौं । सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले सम्पन्न भएको छ। डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’ द्वारा आयोजना गरिएको यो प्रतियोगिता केवल खेलमा सीमित नरही समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव साथ सम्पन्न भएको हो।
प्रतियोगितामा नेपालभरिका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए । अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबैलाई खेलप्रति रुचि र मित्रताले एकताबद्ध बनाएको थियो । दिनभरको माहोल स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कले भरिएको थियो ।
फाइनल खेल ललितपुर लायन्स र ८८४९ एफसीबीच सम्पन्न भयो । विजेता बनेको ललितपुर लायन्सले च्याम्पियन ट्रफी प्राप्त ग¥यो । व्यक्तिगत पुरस्कारहरूमा ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, बिभिएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडी र ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए ।

क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल कार्यक्रम प्रायोजक तथा डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको सहयोगमा कार्यक्रम सफल भएको आयोजकले बताएका छन्।
स्वयंसेवकहरूको योगदानले सहभागीहरूका लागि आत्मीय, समावेशी र व्यवस्थित वातावरण तयार पारेको थियो । नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब लोकप्रिय वार्षिक कार्यक्रम बनेको बताइएको छ । यसले खेल मात्र नभई सदस्यबीचको मित्रता, समुदाय र नेतृत्वको पाठ सिक्ने अवसर पनि प्रदान गरेको जनाइएको छ ।
त्यस्तै खेल मैदानमा नेतृत्व र टिमवर्कको महत्व के हो भन्ने प्रष्ट देखाएको छ, त्यसले समुदायलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका पनि खेलेको बताइएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

