कस्तो छ आजको मौसम पूर्वानुमान ?
जानकारी केन्द्र
२०८२, पुष, १६
काठमाडौं । तराईमा आज पनि हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण तराई/मधेशमा जनजीवन प्रभावित बनेको छ ।
हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । हिमाली र उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।
#daily news
#jankari
#jankari kendra
#jankarikendra
#mausam
#nepali news
#news
#taja khabar
#weather
#weather in nepal
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
