प्याब्सनले ३५औं स्थापना दिवस पुस २४ गते विभिन्न कार्यक्रमसहित मनाउने
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रममार्फत पुस २४ गते मनाउने भएको छ।
यस अवसरमा प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको अर्गनाइजेसनले जनाएको छ।
स्थापना दिवसको सम्मानमा कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ सांस्कृतिक दीपावली कार्यक्रम समेत आयोजना गरिनेछ।
प्याब्सनका महासचिव आरबी कटवालले मातहतका सबै कार्यसमितिहरूलाई स्थापना दिवस भव्य रूपमा सम्पन्न गर्न सक्रिय सहभागिता र सहकार्य गर्न निर्देशन दिएको जानकारी गराएका छन्। साथै सदस्य विद्यालयहरूमा पनि झण्डा फहराउने व्यवस्था मिलाइने जनाइएको छ।
संस्थाले यस दिवसलाई विद्यालय शिक्षा क्षेत्रको प्रगति, एकता र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गर्दै समुदायमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखेको जनाएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
