रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड, ५ लाखभन्दा बढी आवेदकको हात खाली
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड गर्दैछ । पुस ७ देखि ११ गतेसम्म खुलेको यस आईपीओमा मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन परेको छ ।
कम्पनीका अनुसार ५ लाख ८३ हजार ८९६ आवेदकले ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन दिएका छन् । उपलब्ध शेयर सीमित भएकाले यो आईपीओ केवल १८ हजार ९४५ जनालाई मात्र पर्नेछ भने आवेदन दिएका ५ लाख ६४ हजार ९५१ जनाको हात खाली हुने भएको छ ।
बुक–बिल्डिङ विधिमार्फत जारी गरिएको यस आईपीओमा आम लगानीकर्ताका लागि प्रति शेयर ८२० रुपैयाँ ८० पैसामा शेयर निष्कासन गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर जारी गरेको हो ।
यसअघि १ लाख १५ हजार ५९६ कित्ता शेयर विदेशमा कार्यरत नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ कित्तामध्ये ५७ हजार ७९८ कित्ता म्युचुअल फन्डका लागि र ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेडपछि बुक–बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने रिलायन्स स्पिनिङ मिल्स नेपालकै दोस्रो कम्पनी बनेको छ । २०५१ सालमा दर्ता भएको यो कम्पनी हाल ४३ सयभन्दा बढी कर्मचारीसहित सञ्चालनमा रहेको छ । सुनसरीको खनार र दुहबीमा दुई उत्पादन एकाइ रहेका कम्पनीले पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्दै भारत र टर्कीलगायत देशमा निर्यात गर्दै आएको छ ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

