रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड, ५ लाखभन्दा बढी आवेदकको हात खाली
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड गर्दैछ । पुस ७ देखि ११ गतेसम्म खुलेको यस आईपीओमा मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन परेको छ ।
कम्पनीका अनुसार ५ लाख ८३ हजार ८९६ आवेदकले ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन दिएका छन् । उपलब्ध शेयर सीमित भएकाले यो आईपीओ केवल १८ हजार ९४५ जनालाई मात्र पर्नेछ भने आवेदन दिएका ५ लाख ६४ हजार ९५१ जनाको हात खाली हुने भएको छ ।
बुक–बिल्डिङ विधिमार्फत जारी गरिएको यस आईपीओमा आम लगानीकर्ताका लागि प्रति शेयर ८२० रुपैयाँ ८० पैसामा शेयर निष्कासन गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर जारी गरेको हो ।
यसअघि १ लाख १५ हजार ५९६ कित्ता शेयर विदेशमा कार्यरत नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ कित्तामध्ये ५७ हजार ७९८ कित्ता म्युचुअल फन्डका लागि र ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेडपछि बुक–बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने रिलायन्स स्पिनिङ मिल्स नेपालकै दोस्रो कम्पनी बनेको छ । २०५१ सालमा दर्ता भएको यो कम्पनी हाल ४३ सयभन्दा बढी कर्मचारीसहित सञ्चालनमा रहेको छ । सुनसरीको खनार र दुहबीमा दुई उत्पादन एकाइ रहेका कम्पनीले पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्दै भारत र टर्कीलगायत देशमा निर्यात गर्दै आएको छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
