नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी पदका लागि आवेदन खुल्यो
जानकारी केन्द्र
२०८२, पुष, १८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
विज्ञापनअनुसार अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना तथा सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जनाका लागि आवेदन आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।
यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन खुलाएको जानकारी दिएको छ ।

#fresh news
#jankari
#jankari kendra
#jankarikendra
#nepali news
#news
#taja khabar
#नेपाल विद्युत् प्राधिकरण
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
