सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १६ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।
बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता सेयर श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीका लागि, ८६ हजार १९४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गरिएको हो, जसको कुल रकम १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबर हुन्छ ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट ‘सी–आश्वा’ सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन गर्ने सालपा विकास बैंकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
