काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार छापावाला सुन आज प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले वृद्धि भई ४ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।





