स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु
काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि शुन्य प्रतिशत किस्ताको सुविधा ल्याएको छ ।
यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको बताइएको छ । यसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन् । यो सुविधा अनुसार ग्राहकहरूले आफूले रोजेका स्काईवोर्थ र लिभप्योरका उपकरणहरू १२ महिनासम्म बिना ब्याजको किस्तामा किन्न सक्छन्। यसले एकैपटक ठूलो रकम तिर्नु पर्ने बोझ हट्नेछ ।
सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रा. लि. का तर्फबाट अमित बज्रचार्य (उपमहाप्रबन्धक), विवेक राठी (वरिष्ठ मार्केटिङ अधिकृत), अमित ठाकुर (सहायक वित्त प्रबन्धक) र जगदम्बा हायर पर्चेज लि. का तर्फबाट पल्लव श्रेष्ठ (व्यापार इकाई प्रमुख) ले हस्ताक्षर गरेका छन् ।
यस सम्बन्धमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भने “जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकहरूलाई थप सुविधा दिने हाम्रो लक्ष्यमा महत्वपूर्ण कदम हो । हामी विश्वास गर्छौं कि हरेक परिवारले राम्रा उपकरण प्रयोग गर्न पाउनुपर्छ, र यो शुन्य प्रतिशत किस्ताको सुविधाले त्यो सम्भव बनाउँछ ।“
यो योजनाले ग्राहकहरूका लागि सुविधा र किफायती मूल्यमा सामान उपलब्ध गराउने स्मार्ट एप्लायन्सेजको प्रतिबद्धता देखाउँछ । एकैपटक ठूलो रकम तिर्नु नपर्ने यस सुविधाले धेरै नेपाली परिवारहरूले स्काईवर्थ र लिभप्योरका गुणस्तरीय र भरपर्दो उपकरणहरू प्रयोग गर्न सक्नेछन्। यसले नेपालको घरेलु उपकरण क्षेत्रमा ग्राहक सुविधाको नयाँ स्तर कायम गर्नेछ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?