राष्ट्र बैंकले एक वर्षे १० अर्बको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’” निष्कासन गरिनेछ ।
सूचनाअनुसार ऋणपत्रको बोलकबोल पुस २४ गते मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको सांवा भुक्तानी मिति २०८३ पुस २४ गते तोकिएको छ । ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था छ ।
बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म कबोल गर्न सकिनेछ । यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुव्याजदरमा पनि बोल गर्न सकिनेछ । यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । काउण्टरपार्टीले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
