निर्वाचन प्रहरीका लागि दर्खास्त आह्वान : १ लाख ३३ हजारबढी माग,यस्ता छन् सेवा सुविधा
जानकारी केन्द्र
२०८२, पुष, २४
काठमाडौं । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।
इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयहरू मार्फत बुझाउन सकिनेछ।
भर्नाका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, नैतिक आचरण कायम भएको हुनुपर्ने छ। त्यस्तै साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोग नलागेको, अदालतले सजाए नसुनाएको लगायतका आवश्यक योग्यता तोकिएका छन ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
