• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ जेठ २०८३, सोमबार
२५ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • ३ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • ३ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • ३ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • २. ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

  • ३. २०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

  • ५. नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट

  • ६. २०८३ जेठ २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै

  • ८. नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

  • ९. सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०. विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित

एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०२५ : दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ उत्कृष्ट खेलाडी

जानकारी केन्द्र २०८२, पुष, २५

काठमाडौं । नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस वर्ष पर्यटकीय नगरी पोखरामा भव्य समारोहका बीच सम्पन्न भएको छ । पोखराको राष्ट्रिय सभा हलमा आयोजित समारोहमार्फत सन् २०२५ भरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलकुदको प्रतिष्ठा उँचो बनाएका खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको बताइएको छ ।

काठमाडौँबाहिर पहिलोपटक आयोजना गरिएको यस संस्करणमा ११ विधामा अवार्ड वितरण गरिएको थियो । यस वर्षको वर्षका उत्कृष्ट पुरुष खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीले प्राप्त गरे । ऐरीलाई गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड तथा पुरस्कार प्रदान गरे । त्यसैगरी, कराते खेलाडी एरिका गुरुङ वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । अवार्ड जित्न सफल दिपेन्द्र सिंह ऐरीले पल्सर एनएस टु हन्ड्रेड एबीएस मोटरसाइकल जितेका हुन ।

पल्सर स्पोट्स अवार्डलगायत बजाजले नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको  बताइएको छ । बजाजले वर्षेनी आयोजना हुँदै आएको एनएसजेएफ पल्सर स्पोट्स अवार्डमार्फत खेलाडी, प्रशिक्षक तथा खेलकुदकर्मीहरूको सम्मान र हौसला बढाउँदै आएको जनाइएको छ ।

त्यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि, प्रतियोगिता र प्रतिभा पहिचान कार्यक्रमहरूमा सहकार्य गर्दै बजाजले नेपाली खेलकुदको विकास, प्रवद्र्धन र व्यवसायिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।

नेपाली खेलकुदको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै दीर्घकालीन योगदान पु¥याएका वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने स्पेशल अवार्ड वरिष्ठ खेल प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रदान गरिएको थियो ।

अन्य विधाअन्तर्गत पिपुल्स च्वाइस अवार्ड, वर्षका उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पारा–एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी, तथा विभिन्न खेल विधामा उल्लेखनीय प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित खेलाडीहरुमा :  एनएसजेएफ ट्रेलब्लेजर अफ द इयर– पलेशा गोवर्दन (पारा तेक्वान्दो), वर्षका उत्कृष्ट खेलाडी (पुरुष) दीपेन्द्र सिंह ऐरी–क्रिकेट, वर्षकी उत्कृष्ट खेलाडी (महिला) एरिका गुरुङ–कराते, वर्षका उत्कृष्ट प्रशिक्षक कबिराज नेगी–पारा तेक्वान्दो, वर्षका उत्कृष्ट युवा खेलाडी, पूजा महतो–क्रिकेट, पिपुल्स च्वाइस अवार्ड हिमाल सुनारी–भलिबल, पारा खेलाडी सम्मान– प्रवा आङ्दाम्बे–पारा खेलाडी, विशेष पुरस्कार–तुलसी कुमार गुरुङ, लाइफटाइम एचिभमेन्ट अवार्ड – खड्ग रणावत–खेलाडी, वर्षको उत्कृष्ट टोली–खो–खो (पुरुष÷महिला), एसियाली खेलकुद पत्रकार पुरस्कार–राना हसन हुन ।

कार्यक्रममा संघीय सरकारका खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (एनएससी) का पदाधिकारी, कास्की जिल्लाकी प्रमुख जिल्ला अधिकारी, पोखरा उपमहानगरपालिकाकी उपमेयर, एनएसजेएफका पदाधिकारी तथा सदस्य लगायत राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

एनएसजेएफले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्स अवार्ड नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एकका रूपमा स्थापित हुँदै गएको जनाइएको छ । यो आगामी वर्षहरूमा पनि पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कन प्रणालीमार्फत योग्य खेलाडी तथा खेलकुदकर्मीलाई सम्मान गर्दै खेलकुद पत्रकारिता र खेलाडीबीचको सम्बन्धलाई अझ मजबुत बनाइने आयोजकले बताएका छन् ।

  • jankari
  • jankari kendra
  • jankarikendra
  • एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०२५
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.