आज माघे संक्रान्ति पर्व देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज स्नान, जप, तप, ध्यान साधना र दान गरेर देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। माघे संक्रान्ति (माघी) पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटा हुँदै जान्छन्। उत्तरायणको पहिलो दिन गरिने स्नान, जप, तप, ध्यान साधना र दानलाई अत्यन्त पुण्यदायक मानिने धार्मिक विश्वास छ।
यस अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका तीर्थस्थलहरूमा माघ स्नान गर्न भक्तजनको ठूलो भीड लागेको छ। ती स्थानहरूमा विशेष मेला पनि आयोजना गरिन्छ। तराई क्षेत्रमा माघ १ गतेलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ।
धार्मिक विश्वासअनुसार बिहानै तीर्थस्थलमा स्नान गरी तिल दान गर्दा सुन दान गरेसरहको पुण्य प्राप्त हुने मान्यता छ। धर्मसिन्धु ग्रन्थमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार र खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।
यसैले माघे संक्रान्तिमा घ्यू, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खाने चलन रहेको छ। चिसो मौसममा शरीरलाई न्यानो राख्न यस्ता ताता परिकार खाने गरिएको विश्वास छ।
आजको दिन तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने र नाडी, स्नायुमण्डल तथा हड्डीलाई सुदृढ र स्वस्थ राख्न मद्दत पुग्ने आयुर्वेद शास्त्रीय मान्यता पनि रहेको छ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय