• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, माघ ०२, २०८२
बिहीबार, माघ ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज माघे संक्रान्ति पर्व देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै

२०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. २०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • ५. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ७. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

  • ८. माघमा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर घट्यो

  • ९. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • १०. ट्राफिक प्रहरी र नाइमाबीच पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। विदेश मन्त्रालयले बुधबार उक्त निर्णय सार्वजनिक गर्दै कन्सुलर अधिकारीहरूलाई ती देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू तत्काल रोक्न निर्देशन दिएको जनाएको छ।

ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा पुगेपछि सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको दाबी गर्दै अध्यागमन नियम कडा बनाएको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयका अनुसार यो कदम गत नोभेम्बरमा जारी गरिएको कार्यकारी आदेशको निरन्तरता हो।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग रोक्न र अमेरिकी करदातामाथि पर्ने आर्थिक भार घटाउन यी ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गरिएको हो।”

यो निर्णय आगामी जनवरी २१ देखि लागू हुनेछ। यद्यपि पर्यटक, व्यवसायिक भ्रमण वा अन्य अस्थायी प्रयोजनका लागि जारी गरिने गैर–आप्रवासी भिसा भने यस निर्णयबाट प्रभावित नहुने स्पष्ट गरिएको छ।

यसैबीच, गैर–आप्रवासी भिसा आवेदकहरूलाई पनि अमेरिका प्रवेशपछि सार्वजनिक सेवामा निर्भर हुन सक्छन् कि सक्दैनन् भन्ने विषयमा कडा जाँच गरिनेछ। कन्सुलर अधिकारीहरूलाई आवेदकको आर्थिक अवस्था, स्वास्थ्य, शिक्षा, सीप, पारिवारिक पृष्ठभूमि र अघिल्लो सार्वजनिक सहायता प्रयोगको विवरण विस्तृत रूपमा मूल्याङ्कन गर्न निर्देशन दिइएको छ।

अमेरिकी भिसा स्थगनमा परेका ७५ देशहरू
१. अफगानिस्तान
२. अल्बानिया
३. अल्जेरिया
४. एन्टिगुवा र बारबुडा
५. अर्मेनिया
६. अजरबैजान
७. बहामास
८. बंगलादेश
९. बार्बाडोस
१०. बेलारुस
११. बेलिज
१२. भुटान
१३. बोस्निया
१४. ब्राजिल
१५. बर्मा (म्यानमार)
१६. कम्बोडिया
१७. क्यामरुन
१८. केप भर्डे
१९. कोलम्बिया
२०. कंगो
२१. क्युबा
२२. डोमिनिका
२३. इजिप्ट
२४. एरिट्रिया
२५. इथियोपिया
२६. फिजी
२७. गाम्बिया
२८. जर्जिया
२९. घाना
३०. ग्रेनाडा
३१. ग्वाटेमाला
३२. गिनी
३३. हाइटी
३४. इरान
३५. इराक
३६. आइभोरी कोस्ट
३७. जमैका
३८. जोर्डन
३९. काजाकिस्तान
४०. कोसोभो
४१. कुवेत
४२. किर्गिस्तान
४३. लाओस
४४. लेबनान
४५. लाइबेरिया
४६. लिबिया
४७. म्यासेडोनिया
४८. मोल्डोभा
४९. मंगोलिया
५०. मोन्टेनेग्रो
५१. मोरक्को
५२. नेपाल
५३. निकारागुआ
५४. नाइजेरिया
५५. पाकिस्तान
५६. गणतन्त्र कंगो
५७. रुस
५८. रुवाण्डा
५९. सेन्ट किट्स एण्ड नेभिस
६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्स
६२. सेनेगल
६३. सियरा लियोन
६४. सोमालिया
६५. दक्षिण सुडान
६६. सुडान
६७. सिरिया
६८. तान्जानिया
६९. थाइल्याण्ड
७०. टोगो
७१. ट्युनिसिया
७२. युगान्डा
७३. उरुग्वे
७४. उज्वेकिस्तान
७५. यमन

नेपाल सूचिमा परेपछि अमेरिकी आप्रवासन प्रक्रिया अन्तर्गत स्थायी बसोबासको तयारीमा रहेका नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।

  • jankari kendra
  • jankarikendra
  • news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी
राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

२०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

२०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

हालैका पोस्टहरू

  • २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति
  • नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?
  • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.