• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ जेठ २०८३, शनिबार
२३ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २० घण्टा 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २० घण्टा 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २२ घण्टा 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २२ घण्टा 

रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
  • २३ घण्टा 

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन
  • २४ घण्टा 

आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • २. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ३. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • ८. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ९. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजदेखि सुरु : कृषि मन्त्रीद्धारा उद्धघाटन

जानकारी केन्द्र २०८२, माघ, ३

चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताएका छन् । चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा उनले विदेशका प्रविधिहरु नेपालमा भित्र्याउंँदै उत्पादनमा बृद्धि गर्नु पर्ने बताए । ‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ, उनले भने, जसले कृषकलाई व्यवसायिक कृषि गर्न र निर्यातमुखी बनाउन समेत मदन गर्छ ।’

कृषकले निर्वाहमुखी भन्दा पनि व्यवसायिक उत्पादन गर्न कृषि प्रविधिको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । कृषिमा युवाहरुलाई आकर्षण गर्न , आयात कम गर्न , विचौलियालाई निरुत्साही गरी वास्तविक किसानलाई अनुदान जस्ता कार्यक्रमलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उनको भनाई छ । ‘उत्पादन अनुसारको अनुदान र व्याज अनुदान लाई प्राथमिकतामा राखेर काम भईरहेको छ , उनले भने, अलग्गै कार्यविधि बनाएर युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिन हामी सचेत छौं । ’

उनलेले समयमै रसायनिक मल प्राप्त गर्न, प्रांगारिक मल कारखाना संचालन गर्न सरकार लागिरहेको बताए । सो क्रममा स्टल प्रर्दशकले मन्त्री पौडेल समक्ष सरकारका नीति, भन्सार तथा करका समस्याका विषयमा जानकारी गराएका थिए ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको बताइएको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराइले जानकारी दिए ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको जनाइएको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।

नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा भएको एक्स्पो यही माघ ४ गतेसम्म चल्नेछ । एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको बताइएको छ ।

  • jankari
  • jankari kendra
  • jankarikendra
  • nepali news
  • news
  • आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो
  • एग्रीटेक इन्टरनेशनल एक्स्पो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.