काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार छापावाल सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ८ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ९ सय २० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँमा कारोबार भईरहेको छ ।





